२०८३, ९ कार्तिक सोमबार

भोटेकोशीको बहाव घटेपछि खुल्यो काठमाडौं–मुग्लिन–नारायणगढ सडक

भोटेकोशीको बहाव घटेपछि खुल्यो काठमाडौं–मुग्लिन–नारायणगढ सडक


काठमाडौं । बाढीको जोखिम देखिएपछि केही समय रोकिएको काठमाडौं–मुग्लिन–नारायणगढ सडकखण्ड पुनः पूर्णरूपमा सञ्चालनमा आएको छ।

रसुवास्थित भोटेकोशी नदीमा पानीको बहाव बढेको सूचना आएपछि आइतबार बिहान प्रहरीले नारायणगढबाट मुग्लिन हुँदै काठमाडौं र पोखरातर्फ जाने तथा ती स्थानबाट नारायणगढ आउने सवारीसाधनलाई केही समय रोकेको थियो।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले भोटेकोशीको बहाव तत्काल जोखिमपूर्ण नरहेको जानकारी गराएपछि सडकमा यातायात पुनः सञ्चालन गरिएको चितवन प्रहरीले जनाएको छ।

सडक खुलेसँगै नारायणगढ–मुग्लिन हुँदै काठमाडौं, पोखरालगायत गन्तव्यतर्फ जाने र आउने सबै प्रकारका सवारीसाधनलाई आवागमनको अनुमति दिइएको छ।

वर्षायाममा नदीको बहाव र पहिरोको जोखिमका कारण यो सडकखण्डमा पटक–पटक यातायात प्रभावित हुँदै आएको छ।

प्रकाशित मिति : २०८३, १३ भाद्र आईतबार  ८ : ३७ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि