२०८३, १८ आश्विन सोमबार

भोटेकोशीमा फेरि बाढी बढ्यो, रसुवादेखि चितवनसम्म सतर्कता

भोटेकोशीमा फेरि बाढी बढ्यो, रसुवादेखि चितवनसम्म सतर्कता


काठमाडौं । भोटेकोशी नदीमा शुक्रबार बिहानदेखि पानीको बहाव पुनः बढेपछि रसुवादेखि चितवनसम्मका नदी तटीय क्षेत्र र उद्धारमा खटिएका टोलीलाई सतर्क रहन आग्रह गरिएको छ।

भदौ १० गते तिब्बततर्फबाट आएको बाढीमा परी प्रभावित तथा बेपत्ता भएकाहरूको खोज तथा उद्धार कार्य भइरहेका बेला भोटेकोशीमा पानीको बहाव फेरि बढेको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गर्दै रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव थप बढेको जानकारी प्राप्त भएको जनाएको छ।

प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्ता तथा नदी तटीय क्षेत्रमा रहेका सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। यसैबीच, बाढी पूर्वानुमान महाशाखाका अनुसार धादिङस्थित त्रिशूली नदीमा जलसतह खतराको तहभन्दा करिब ३ मिटर माथि पुगेको छ।

नदीको बहाव थप बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन र नदी किनारमा नजान आग्रह गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले उद्धारकर्ताले समेत नदीको बहाव र सम्भावित जोखिमको अवस्था बुझेर मात्र काम गर्न सम्बन्धित निकायले आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३, १३ भाद्र आईतबार  ८ : २४ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय