काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीपछि अहिलेसम्म ४८९ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। तीमध्ये ३९३ जनाको भने अझै पहिचान हुन सकेको छैन।
प्रहरीका अनुसार बाढीपछि रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, पूर्वी नवलपरासी र पश्चिम नवलपरासीका विभिन्न स्थानबाट शवहरू फेला परेका छन्।
फेला परेका शवमध्ये केहीलाई शव भेटिएको जिल्लामै राखिएको छ भने अन्य शव काठमाडौं, पोखरा, पाल्पा, रुपन्देही र कपिलवस्तुमा राखिएको प्रहरीले जनाएको छ।
बाढीले ठूलो मानवीय क्षति पुर्याएपछि विभिन्न जिल्लामा आफन्तको खोजी गर्ने क्रम जारी छ। पहिचान हुन नसकेका शवको विवरण संकलन तथा पहिचानका लागि प्रहरीले आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाएको छ।
बाढीका कारण ठूलो संख्यामा मानिस बेपत्ता भएपछि खोज तथा उद्धार कार्यलाई समेत निरन्तरता दिइएको छ।








प्रतिक्रिया