२०८३, १८ आश्विन सोमबार

भेटिएका ४८९ शवमध्ये ३९३ अझै बेवारिसे, पहिचानको पर्खाइमा आफन्त

भेटिएका ४८९ शवमध्ये ३९३ अझै बेवारिसे, पहिचानको पर्खाइमा आफन्त


काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीपछि अहिलेसम्म ४८९ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। तीमध्ये ३९३ जनाको भने अझै पहिचान हुन सकेको छैन।

प्रहरीका अनुसार बाढीपछि रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, पूर्वी नवलपरासी र पश्चिम नवलपरासीका विभिन्न स्थानबाट शवहरू फेला परेका छन्।

फेला परेका शवमध्ये केहीलाई शव भेटिएको जिल्लामै राखिएको छ भने अन्य शव काठमाडौं, पोखरा, पाल्पा, रुपन्देही र कपिलवस्तुमा राखिएको प्रहरीले जनाएको छ।

बाढीले ठूलो मानवीय क्षति पुर्‍याएपछि विभिन्न जिल्लामा आफन्तको खोजी गर्ने क्रम जारी छ। पहिचान हुन नसकेका शवको विवरण संकलन तथा पहिचानका लागि प्रहरीले आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

बाढीका कारण ठूलो संख्यामा मानिस बेपत्ता भएपछि खोज तथा उद्धार कार्यलाई समेत निरन्तरता दिइएको छ।

प्रकाशित मिति : २०८३, ११ भाद्र शुक्रबार  ३ : ३० बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय