२०८३, १० कार्तिक मंगलबार

गण्डकी सरकारको बाढीपीडितलाई ४ करोड सहयोग

गण्डकी सरकारको बाढीपीडितलाई ४ करोड सहयोग


काठमाडौं । गण्डकी प्रदेश सरकारले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ४ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अपिल जारी गर्दै प्रदेश सरकारको तर्फबाट ४ करोड रुपैयाँ सहयोग गर्ने निर्णय भएको जानकारी दिएका हुन्। मुख्यमन्त्री पाण्डेले विपद्को यो कठिन समयमा उद्योगी–व्यवसायी, राजनीतिक दल, नागरिक समाज, राष्ट्रसेवक, सामाजिक संघसंस्था, सञ्चारकर्मी तथा आम नागरिकलाई आ–आफ्नो ठाउँबाट राहत र उद्धारमा सहयोग गर्न आग्रह गरेका छन्।

उनले विपद्का बेला अपुष्ट सूचना, अफवाह तथा भ्रामक सामग्री फैलाउन नहुने भन्दै आधिकारिक र विश्वसनीय स्रोतबाट प्राप्त सूचना मात्र सार्वजनिक गर्न आग्रह गरेका छन्। सम्पर्कविहीन आफन्तका कारण परिवारमा चिन्ता र तनाव हुनु स्वाभाविक भए पनि अहिले संयम, धैर्य र आपसी सहयोग आवश्यक रहेको मुख्यमन्त्री पाण्डेको भनाइ छ।

विपद्मा परेका नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता भएकाले सबै पक्ष एकजुट भएर प्रभावितको साथमा उभिन उनले अपिल गरेका छन्।

प्रकाशित मिति : २०८३, ११ भाद्र शुक्रबार  २ : ५२ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना