२०८३, १८ आश्विन सोमबार

गण्डकी सरकारको बाढीपीडितलाई ४ करोड सहयोग

गण्डकी सरकारको बाढीपीडितलाई ४ करोड सहयोग


काठमाडौं । गण्डकी प्रदेश सरकारले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ४ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अपिल जारी गर्दै प्रदेश सरकारको तर्फबाट ४ करोड रुपैयाँ सहयोग गर्ने निर्णय भएको जानकारी दिएका हुन्। मुख्यमन्त्री पाण्डेले विपद्को यो कठिन समयमा उद्योगी–व्यवसायी, राजनीतिक दल, नागरिक समाज, राष्ट्रसेवक, सामाजिक संघसंस्था, सञ्चारकर्मी तथा आम नागरिकलाई आ–आफ्नो ठाउँबाट राहत र उद्धारमा सहयोग गर्न आग्रह गरेका छन्।

उनले विपद्का बेला अपुष्ट सूचना, अफवाह तथा भ्रामक सामग्री फैलाउन नहुने भन्दै आधिकारिक र विश्वसनीय स्रोतबाट प्राप्त सूचना मात्र सार्वजनिक गर्न आग्रह गरेका छन्। सम्पर्कविहीन आफन्तका कारण परिवारमा चिन्ता र तनाव हुनु स्वाभाविक भए पनि अहिले संयम, धैर्य र आपसी सहयोग आवश्यक रहेको मुख्यमन्त्री पाण्डेको भनाइ छ।

विपद्मा परेका नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता भएकाले सबै पक्ष एकजुट भएर प्रभावितको साथमा उभिन उनले अपिल गरेका छन्।

प्रकाशित मिति : २०८३, ११ भाद्र शुक्रबार  २ : ५२ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय