२०८३, ९ कार्तिक सोमबार

बाढीपीडितका लागि ओएनएफको २० लाख, विश्वभर राहत अभियान चलाउने

बाढीपीडितका लागि ओएनएफको २० लाख, विश्वभर राहत अभियान चलाउने


काठमाडौं । बाढी तथा पहिरोले देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेका बेला प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीले राहत र उद्धारका लागि तत्काल २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

मञ्चको आकस्मिक सचिवालय बैठकले विपद्मा परेका नागरिकलाई तत्काल राहत पुर्‍याउन आफ्नै कोषबाट २० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।मञ्चले यससँगै विदेशमा रहेका नेपालीलाई समेत राहत अभियानमा जोड्ने भएको छ। ‘नेपाल बाढी तथा पहिरो प्रभावित राहत सहयोग अभियान’ विश्वव्यापी रूपमा सञ्चालन गरी थप सहयोग जुटाउने निर्णय गरिएको छ। मञ्चले विश्वभर रहेका आफ्ना कमिटी, सदस्य, शुभेच्छुक, नेपाली व्यवसायी तथा सामाजिक संघसंस्थालाई राहत अभियानमा जोडिन आह्वान गरेको छ।

संकलित रकम प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनर्स्थापनामा परिचालन गरिने जनाइएको छ। वास्तविक पीडितसम्म सहयोग प्रभावकारी र पारदर्शी रूपमा पुर्‍याउन सम्बन्धित निकायसँग समन्वय गरिने मञ्चले जनाएको छ।

बाढीपहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मञ्चले शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

प्रकाशित मिति : २०८३, ११ भाद्र शुक्रबार  २ : २३ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि