२०८३, १९ आश्विन मंगलबार

बाढीपीडितका लागि ओएनएफको २० लाख, विश्वभर राहत अभियान चलाउने

बाढीपीडितका लागि ओएनएफको २० लाख, विश्वभर राहत अभियान चलाउने


काठमाडौं । बाढी तथा पहिरोले देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेका बेला प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीले राहत र उद्धारका लागि तत्काल २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

मञ्चको आकस्मिक सचिवालय बैठकले विपद्मा परेका नागरिकलाई तत्काल राहत पुर्‍याउन आफ्नै कोषबाट २० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।मञ्चले यससँगै विदेशमा रहेका नेपालीलाई समेत राहत अभियानमा जोड्ने भएको छ। ‘नेपाल बाढी तथा पहिरो प्रभावित राहत सहयोग अभियान’ विश्वव्यापी रूपमा सञ्चालन गरी थप सहयोग जुटाउने निर्णय गरिएको छ। मञ्चले विश्वभर रहेका आफ्ना कमिटी, सदस्य, शुभेच्छुक, नेपाली व्यवसायी तथा सामाजिक संघसंस्थालाई राहत अभियानमा जोडिन आह्वान गरेको छ।

संकलित रकम प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनर्स्थापनामा परिचालन गरिने जनाइएको छ। वास्तविक पीडितसम्म सहयोग प्रभावकारी र पारदर्शी रूपमा पुर्‍याउन सम्बन्धित निकायसँग समन्वय गरिने मञ्चले जनाएको छ।

बाढीपहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मञ्चले शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

प्रकाशित मिति : २०८३, ११ भाद्र शुक्रबार  २ : २३ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि