२०८३, १९ आश्विन मंगलबार

बाढीपीडितलाई राहतदेखि मल खरिदसम्म, मन्त्रिपरिषद्का तीन निर्णय

बाढीपीडितलाई राहतदेखि मल खरिदसम्म, मन्त्रिपरिषद्का तीन निर्णय


काठमाडौं । सरकारले बाढी प्रभावित क्षेत्रका नागरिक र व्यवसायीलाई राहत दिने, मल खरिद गर्ने तथा बाढीपीडितका लागि सहयोग गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १० गते रसुवागढी, भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित जिल्लाका व्यक्ति र व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनर्स्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ।

बैठकले भारत सरकारसँग जीटुजी माध्यमबाट २५ हजार मेट्रिक टन मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरेको छ।

त्यस्तै, बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले आफ्नो एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकपछि यी तीन निर्णय सार्वजनिक गरेका हुन्।

प्रकाशित मिति : २०८३, ११ भाद्र शुक्रबार  २ : १३ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि