२०८३, १० भाद्र बिहीबार

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट


काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य केन्द्र बनेको विदुरस्थित चक्रदेवी अस्पताल आफैं भने विद्युत् र इन्धन अभावको समस्यामा परेको छ।

बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइतेलाई अस्पतालमा ल्याएर उपचार गराइरहँदा विद्युत् आपूर्ति अवरुद्ध भएपछि उपचारमा प्रयोग हुने उपकरण सञ्चालन गर्न कठिनाइ भएको हो। अस्पतालले वैकल्पिक व्यवस्थाका रूपमा इन्भर्टर प्रयोग गर्दै आए पनि त्यसका लागि आवश्यक पेट्रोलसमेत अभाव भएको छ।

अस्पतालका अनुसार बाढीका कारण सडक तथा पुलमा क्षति पुगेपछि प्रभावित क्षेत्रबाट घाइतेलाई अन्यत्र लैजान कठिन भएपछि चक्रदेवी अस्पतालमा बिरामीको चाप बढेको हो।

अस्पतालमा उपचारका लागि आएका गम्भीर अवस्थाका बिरामीलाई नेपाली सेनासँग समन्वय गरी हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ। अन्य घाइतेको भने अस्पतालमै उपचार भइरहेको छ।

अहिले पनि बाढी प्रभावित क्षेत्रबाट घाइते ल्याउने क्रम जारी रहेकाले अस्पतालले आकस्मिक सेवामा उच्च सतर्कता अपनाएको छ। ठूलो संख्यामा बिरामी आएमा ट्रायाज प्रणालीमार्फत उपचार व्यवस्थापन गर्ने तयारीसमेत गरिएको छ।

तर सीमित जनशक्ति, विद्युत् अभाव र इन्धनको संकटले अस्पतालको क्षमता कमजोर बनाउने जोखिम देखिएको छ। बाढीका कारण आसपासका पेट्रोल पम्पमा समेत क्षति पुगेपछि अस्पताललाई जेनेरेटर तथा अन्य वैकल्पिक विद्युत् प्रणाली सञ्चालन गर्न आवश्यक इन्धन जुटाउन समस्या भएको हो।

डा. राकेश परियारका अनुसार अहिले अस्पतालको प्राथमिकता घाइतेको उपचारलाई निरन्तरता दिनु हो। तर विद्युत् र इन्धनको तत्काल व्यवस्था नभए गम्भीर बिरामीको निगरानी तथा उपचारमा थप समस्या आउन सक्ने अवस्था छ।

यसैबीच, रसुवा, नुवाकोट र काठमाडौंका विभिन्न अस्पतालमा बाढीका घाइतेको उपचार भइरहेको छ। पछिल्लो विवरणअनुसार तीन जिल्लाका अस्पतालमा दर्जनौँ घाइते उपचाररत छन्।

प्रकाशित मिति : २०८३, १० भाद्र बिहीबार  १ : २६ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री