२०८३, १० भाद्र बिहीबार

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय


हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री तथा कर्मचारीहरूको टोली बाढी प्रभावित क्षेत्रमा पुगेर उद्धार तथा राहत व्यवस्थापनमा जुटेको छ ।

मुख्यमन्त्री थापामगर नेतृत्वको टोलीले बुधबारदेखि बागमती प्रदेशका बाढी प्रभावित धादिङ र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गरिरहेको छ ।

रसुवामा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रदेश सरकारले प्रभावित नागरिकको उद्धार, सुरक्षित स्थानान्तरण तथा राहत व्यवस्थापनलाई प्राथमिकतामा राखेको मुख्यमन्त्री थापामगरले बताएका छन् ।

उनका अनुसार बाढी प्रभावित नागरिकलाई तत्कालका लागि स्थानीय विद्यालय, पार्टी प्यालेस, सभा–हललगायत सुरक्षित स्थानमा राखिएको छ। प्रभावितको खानपिन तथा बसोबासको आवश्यक व्यवस्थापनसमेत प्रदेश सरकारले गरिरहेको उनले जानकारी दिए ।

‘बाढीबाट प्रभावित नागरिकको उद्धार र तत्कालीन राहतलाई प्राथमिकतामा राखेर प्रदेश सरकार परिचालित भएको छ,’ मुख्यमन्त्री थापामगरले नेपाल न्यु बैंकसँग भने, ‘प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राखेर आवश्यक खाद्यान्न, बसोबासलगायतका व्यवस्थापन मिलाइरहेका छौं ।’

मुख्यमन्त्री थापामगरसँगै आर्थिक मामिला तथा योजना मन्त्री सरलसहयात्री, सामाजिक विकास मन्त्री गिरबहादुर तामाङलगायत प्रदेश सरकारका अधिकारीहरू बाढी प्रभावित क्षेत्रमा निरीक्षण तथा राहत व्यवस्थापनमा खटिएका छन् ।

टोलीले बाढीबाट भएको क्षतिको स्थलगत अवस्था बुझ्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय तथा स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय गरी उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिरहेको जनाइएको छ ।

प्रदेश सरकारले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा तत्काल आवश्यक पर्ने राहत सामग्री उपलब्ध गराउनुका साथै उद्धार कार्यका लागि आवश्यक स्रोत–साधन परिचालन गर्ने तयारीसमेत गरेको जनाएको छ ।

प्रकाशित मिति : २०८३, १० भाद्र बिहीबार  १ : ०२ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री