२०८३, १० भाद्र बिहीबार

खोज र उद्धारमा पार्टीका कार्यकर्तालाई परिचालन गर्न कांग्रेस तयार छ : गगन थापा

खोज र उद्धारमा पार्टीका कार्यकर्तालाई परिचालन गर्न कांग्रेस तयार छ : गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विपत्तिको समयमा सबै राजनीतिक दल एक ठाउँमा आएर एउटै सोच र संकल्पका साथ काम गर्ने परम्परा रहेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले यही परम्परालाई निरन्तरता दिँदै रास्वपाले संसद्मा रहेका तथा संसद्बाहिर रहेका मुख्य दलहरूको सर्वदलीय बैठक बोलाएको बताए ।

बैठकमा विभिन्न विषयमा छलफल हुनुका साथै केही विषयमा निर्णयसमेत गरिएको उनले जानकारी दिए । सरकारका तर्फबाट भइरहेको खोज तथा उद्धारका सम्बन्धमा बैठकमा प्रारम्भिक जानकारी गराइएको र त्यसमा आफूहरूले पाएका सूचना तथा आफ्ना बुझाइ सरकारलाई थप सहयोग पुगोस् भन्ने उद्देश्यले प्रस्तुत गरेको थापाले बताए ।

उनले बाढीमा हराएका नागरिकको खोजी, उद्धार र तत्काल राहत पुर्याउनु अहिलेको पहिलो प्राथमिकता भएको बताए । राज्यका तर्फबाट सुरक्षाका संयन्त्र, प्रशासनिक संयन्त्रलगायत सबै संयन्त्र परिचालन भइरहेको उनले जानकारी दिए ।

यद्यपि, नियमित रूपमा राज्यसँग रहेका साधन–स्रोतबाहेक अन्य उपलब्ध साधन–स्रोतलाई पनि आवश्यकताअनुसार राज्यले परिचालन गर्न सक्ने व्यवस्था गर्नुपर्नेमा आफूहरूले जोड दिएको थापाले बताए ।

विपद्को समयमा राज्यले परिचालन गर्न चाहेको अवस्थामा आफूहरू सहयोग गर्न तयार रहेको उनले बताए । थापाका अनुसार बैठकमा कांग्रेसको प्रस्तावप्रति गृहमन्त्रीले तत्कालै विपद्ग्रस्त क्षेत्रमा पार्टीका कार्यकर्तालाई परिचालन गर्नुपर्ने बताएका थिए । विशेषगरी सडक सफा गर्ने तथा खोज र उद्धारका काममा पार्टीका कार्यकर्ताको संख्या परिचालन गर्नुपर्ने प्रस्ताव आएको उनले जानकारी दिए ।

‘अहिले जे आवश्यकता छ, त्यो अनुसार आफ्नो–आफ्नो पार्टीभित्र विपद्का संरचनाहरू बनाएका छौँ । ती संरचनाहरूमा अहिले सरकारले भनेकै कुराहरूमा समन्वय गरिकन परिचालित गर्नेछौँ,’ उनले भने । बैठकमा भएको छलफलका आधारमा अहिलेको आवश्यकता र सरकारको समन्वयअनुसार कांग्रेसले आफ्ना पार्टीभित्र रहेका विपद् संरचनालाई परिचालन गर्ने थापाले बताए ।

प्रकाशित मिति : २०८३, १० भाद्र बिहीबार  १२ : ४५ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री