२०८३, १९ आश्विन मंगलबार

राहत व्यवस्थापनसँगै सञ्चार सुविधा तत्काल लागू गर्न राप्रपाको अपिल

राहत व्यवस्थापनसँगै सञ्चार सुविधा तत्काल लागू गर्न राप्रपाको अपिल


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विपद् प्रभावित क्षेत्रमा राहत व्यवस्थापनसँगै सञ्चार सुविधा तत्काल उपलब्ध गराउन सरकारसँग अपिल गरेको छ । 

बिहीबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री राहत कोषलाई अझ व्यापक बनाउँदै त्यसको प्रभावकारी प्रचारप्रसार गर्नुपर्ने बताए ।

उनले राहत व्यवस्थापनमा पारदर्शिता कायम गर्दै सबै पक्षलाई एउटै ‘वान डोर सिस्टम’मार्फत परिचालन गर्नुपर्ने धारणा राखे ।

शाहीले अहिलेको विपदमा सबैभन्दा ठूलो समस्या बेपत्ता भएका मानिसहरूको खोजी तथा उद्धार रहेको बताए । प्रभावित क्षेत्रमा सञ्चार सञ्जालले काम नगर्दा मानिसहरू कहाँ छन् भन्ने जानकारीसमेत पाउन कठिन भइरहेको उनको भनाइ थियो ।

उनले भने, ‘विपद् व्यवस्थापनमा अहिले सबैभन्दा ठूलो समस्या हराइरहेका मानिसहरू हुन् । नेटवर्कहरूले काम गरिरहेका छैनन् । मानिसहरू कहाँ छन् भन्ने अत्तोपत्तो छैन । त्यसका लागि राहत व्यवस्थापनसँगै सञ्चार सुविधा तत्काल लागू गर्न अपिल गरेका छौं ।’

शाहीले विपद्का बेला केही व्यक्तिबाट देखिएको अमानवीय गतिविधिप्रति पनि आपत्ति जनाए । उनले मृतकको शवबाट समेत सुनलगायतका सामान निकाल्ने गतिविधि भएको भन्दै त्यस्ता कार्यमा संलग्नलाई तत्काल कारबाही गर्न गृहमन्त्रीसँग आग्रह गरिएको बताए ।

‘अहिले सारा नेपाली र संसार रोइरहेको छ । तर केही हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरूको जुन व्यवहार देखिएको छ, लासलाई समेत नछाड्ने, सुन तान्ने खालको गतिविधि भएको छ,’ उनले भने ।

भिडियोमार्फत सार्वजनिक भएका यस्ता घटनामा संलग्न व्यक्तिहरूलाई पहिचान गरी तत्काल कारबाही गर्न सरकारसँग आग्रह गरिएको शाहीले बताए । यस्ता घटनाले अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि र प्रतिष्ठामा समेत असर पुगिरहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २०८३, १० भाद्र बिहीबार  १२ : ४० बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि