२०८३, १९ आश्विन मंगलबार

चिनियाँ दूतावासद्वारा बाढीको पूर्वसूचना नदिएको आरोपको खण्डन

चिनियाँ दूतावासद्वारा बाढीको पूर्वसूचना नदिएको आरोपको खण्डन


काठमाडौं । काठमाडौं स्थित चिनियाँ दूतावासले चीनले नेपाललाई बाढीको पूर्वसूचना नदिएको भन्ने आरोपको कडा रूपमा खण्डन गरेको छ । दूतावासले सामाजिक सञ्जाल फेसबुक मार्फत एक स्पष्टीकरण जारी गर्दै ती आरोपहरूलाई ‘भ्रामक समाचार’को संज्ञा दिएको हो ।

चीनतर्फको कुनै बाँध फुटेर नेपालमा क्षति पुगेको र त्यसको जानकारी नेपाललाई नदिएको भन्ने दाबीलाई दूतावासले निराधार बताएको छ । दूतावासले सार्वजनिक गरेको तथ्यअनुसार, अगस्ट २६ को बिहान नेपालतर्फ नै भूकम्प वा हिमपहिरो जस्तै प्रकृतिको ठूलो भौगोलिक विपद् आएको थियो ।

सोही घटनाका कारण केरुङ –रसुवागढी सीमा क्षेत्रमा भीषण लेदोसहितको पहिरो गएको थियो । यस प्राकृतिक विपद्का कारण नेपालतर्फ मात्र नभई चीनतर्फ पनि उत्तिकै क्षति भएको र धेरै मानिसहरू बेपत्ता भएको दूतावासले उल्लेख गरेको छ ।

दूतावासले विपद्को यस कठिन घडीमा मिथ्या आरोप लगाउनुको सट्टा आपसी सहयोग र सहकार्यमा जोड दिनुपर्ने बताएको छ । दूतावासद्वारा जारी सन्देशमा भनिएको छ, ‘आरोपले केही मद्दत गर्दैन, बरु सहकार्यले मात्र मानिसको ज्यान बचाउन सकिन्छ ।’ संकटको समयमा दुवै देशले मिलेर उद्धार र राहतमा लाग्नुपर्नेमा दूतावासले जोड दिएको छ ।

प्रकाशित मिति : २०८३, १० भाद्र बिहीबार  १० : २७ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि