२०८३, १८ आश्विन सोमबार

रसुवा बाढीबाट भएको क्षतिप्रति राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

रसुवा बाढीबाट भएको क्षतिप्रति राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा दुःख व्यक्त


काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

महासचिव गुटेरेसका प्रवक्ताले जारी गरेको वक्तव्यमा बाढीका कारण ठूलो मानवीय क्षति हुनुका साथै धेरै मानिसको मृत्यु र बेपत्ता भएको तथा व्यापक भौतिक क्षति पुगेकामा गुटेरेसले दुःख व्यक्त गरेको उल्लेख छ। उनले बाढीमा परी ज्यान गुमाउनेका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै उनले बाढीबाट प्रभावित सबैप्रति ऐक्यबद्धता प्रकट गरेका छन्।

नेपालमा संयुक्त राष्ट्रसंघले विपद्को प्रभावको स्तर मूल्याङ्कन गर्न तथा तत्काल आवश्यक सहायता उपलब्ध गराउन सरकारको नेतृत्वमा भइरहेको प्रतिकार्यमा सहयोग गरिरहेको वक्तव्यमा जनाइएको छ। बाढी प्रभावित समुदायलाई सहयोग पुर्‍याउन संयुक्त राष्ट्रसंघका टोली तथा मानवीय सहायता साझेदारहरूले आवश्यक सामग्री र जनशक्ति परिचालन गरिरहेका छन्।

महासचिव गुटेरेसले उद्धार तथा राहत कार्यमा खटिएका आपतकालीन उद्धारकर्मीहरूको प्रशंसा गर्दै प्रभावित समुदायलाई थप सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसंघ तयार रहेको बताएका छन्।

प्रकाशित मिति : २०८३, १० भाद्र बिहीबार  ८ : ५७ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय