२०८३, १८ आश्विन सोमबार

बाढीमा परेकाहरूको खोजी र उद्धार तीव्र पार्न चिनियाँ राष्ट्रपतिको निर्देशन

बाढीमा परेकाहरूको खोजी र उद्धार तीव्र पार्न चिनियाँ राष्ट्रपतिको निर्देशन


काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा बुधबार आएको भीषण बाढीपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले बेपत्ता व्यक्तिको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन निर्देशन दिएका छन्।

तिब्बततर्फबाट आएको बाढीले नेपालको रसुवा जिल्लामा ठूलो क्षति पुर्‍याउँदै त्रिशूली नदीको बहाव बढाएको छ। यसको प्रभाव नुवाकोट, धादिङ हुँदै चितवनसम्म देखिएको छ। बाढीका कारण बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनाका संरचनामा व्यापक क्षति पुगेको छ। 

सीले प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरी बेपत्ताको खोजी, घाइतेको उपचार र प्रभावित नागरिकलाई आवश्यक राहत उपलब्ध गराउन निर्देशन दिएका छन्। चीनको सीमावर्ती क्षेत्रमा पनि ठूलो क्षति भएको र उद्धार कार्य जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

नेपालतर्फ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षा निकाय उद्धार तथा खोजी कार्यमा परिचालित छन्। बाढीले नेपाल–चीन जोड्ने पुल, सडक तथा जलविद्युत् संरचनामा समेत क्षति पुर्‍याएको छ। 

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण अझै संकलन भइरहेको छ। उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतक र बेपत्ताको संख्या परिवर्तन हुन सक्ने अधिकारीहरूले बताएका छन्।

प्रकाशित मिति : २०८३, १० भाद्र बिहीबार  ८ : ३६ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय