काठमाडौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार तथा पुनःस्थापनाका लागि तत्काल १८ करोड ९६ लाख २२ हजार रुपैयाँ (१२ लाख अमेरिकी डलर) सहयोग गर्ने घोषणा गरेको छ।
आइएफआरसीका अनुसार उक्त सहयोग बाढी प्रभावित क्षेत्रमा तत्काल मानवीय सहायता पुर्याउन तथा खोज, उद्धार, राहत र पुनःस्थापनाका काममा प्रयोग गरिनेछ।
रेडक्रसका स्वयंसेवक तथा आपत्कालीन प्रतिकार्य टोली प्रभावित क्षेत्रमा सक्रिय भई खोज, उद्धार र राहत वितरणमा जुटिसकेको आइएफआरसीले जनाएको छ।
आइएफआरसीका महासचिव जगन चापागाईंले विपद् प्रतिकार्यलाई थप प्रभावकारी बनाउन आर्थिक सहयोग उपलब्ध गराइएको जानकारी दिएका छन्। उनले नेपाल रेडक्रस र राष्ट्रिय निकायसँगको समन्वयमा आवश्यकताअनुसार थप सहयोग परिचालन गर्न महासङ्घ तयार रहेको बताए।
उनका अनुसार प्रभावित समुदायमा रेडक्रसका स्वयंसेवकहरू सक्रिय छन् र प्रारम्भिक राहत तथा मानवीय सहयोग उपलब्ध गराउने काम भइरहेको छ।
भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएको, मानिसहरू बेपत्ता भएको तथा भौतिक संरचनामा क्षति पुगेकोप्रति दुःख व्यक्त गर्दै महासचिव चापागाईंले पीडित परिवारप्रति समवेदना समेत व्यक्त गरेका छन्।







प्रतिक्रिया