२०८३, १९ आश्विन मंगलबार

रसुवा बाढी अपडेट: २८ प्रहरी बेपत्ता, १६२ शव फेला

रसुवा बाढी अपडेट: २८ प्रहरी बेपत्ता, १६२ शव फेला


काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्य तीव्र पारिएको नेपाल प्रहरीले जनाएको छ। बाढी प्रभावित विभिन्न जिल्लाबाट हालसम्म १६२ वटा शव फेला परेको प्रहरीले जनाएको हो।

प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा २ शव फेला परेका छन्।

बाढीमा परी घाइते भएका ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। त्रिवि शिक्षण अस्पतालमा २०, त्रिशूली अस्पतालमा ९, ट्रमा सेन्टरमा ४, वीर अस्पतालमा ३, नर्भिक अस्पतालमा ३, वीरेन्द्र सैनिक अस्पतालमा १ र ग्रिन सिटी अस्पतालमा १ जना उपचाररत छन्।

यसैबीच, बाढीका कारण प्रभावित विभिन्न प्रहरी कार्यालयमा कार्यरत २८ प्रहरी कर्मचारी सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजी तथा उद्धारका लागि पनि प्रयास भइरहेको बताइएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यका लागि ३ हजार ३१८ जना प्रहरी परिचालन गरिएको छ। प्रहरीले प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्रता दिँदै बेपत्ताको खोजी र घाइतेको उपचार तथा व्यवस्थापनमा प्राथमिकता दिएको जनाएको छ।

प्रकाशित मिति : २०८३, १० भाद्र बिहीबार  ७ : ५३ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि