२०८३, १० भाद्र बिहीबार

भोटेकोशी बाढीबारे रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

भोटेकोशी बाढीबारे रवि लामिछानेले बोलाए सर्वदलीय बैठक


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट भएको क्षति तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक आह्वान गरेका छन्।

रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ।

बैठकमा भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको समीक्षा गरिनेछ। साथै, बाढीपछि बेपत्ता भएकाहरूको खोजी तथा उद्धार, प्रभावितलाई तत्काल राहत उपलब्ध गराउने र क्षतिग्रस्त क्षेत्रमा पुनःस्थापना अघि बढाउने विषयमा छलफल हुने बताइएको छ।

रास्वपाका अनुसार बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतका काम प्रभावकारी बनाउन तथा दीर्घकालीन पुनःस्थापनाका लागि राजनीतिक दलहरूबीच आवश्यक समन्वय र सहकार्य गर्ने उद्देश्यले बैठक बोलाइएको हो।

बैठकमार्फत बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि साझा पहल र आवश्यक रणनीति तय गर्ने तयारी गरिएको छ।

प्रकाशित मिति : २०८३, १० भाद्र बिहीबार  ७ : ४३ बजे

रसुवा बाढीबाट भएको क्षतिप्रति राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार

बाढीमा परेकाहरूको खोजी र उद्धार तीव्र पार्न चिनियाँ राष्ट्रपतिको निर्देशन

काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा बुधबार आएको भीषण बाढीपछि चिनियाँ

आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई करिब १९ करोड सहयोग घोषणा

काठमाडौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले भोटेकोशी

रसुवा बाढीमा १६२ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको बाढीमा परी मृत्यु भएकामध्ये विभिन्न आठ

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारी

काठमाडौं । बाढीका कारण अवरुद्ध काठमाडौं-मुग्लिन जोड्ने पृथ्वी राजमार्ग बिहीबार