२०८३, १८ आश्विन सोमबार

बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना

बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना


काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षाको अवस्था रहने देखिएको छ। 

आज राति पनि देशका पहाडी तथा हिमाली भूभागमा बदली रही विभिन्न स्थानमा मेघगर्जन–चट्याङसहित वर्षा हुने सम्भावना छ। विशेषगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको गतिविधि जारी रहन सक्ने महाशाखाको पूर्वानुमान छ।

भारी वर्षा हुने सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव तथा भूक्षयको जोखिम रहने भएकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। वर्षाका कारण सडक तथा हवाई यातायात र दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला सूचना हेरेर मात्र यात्रा गर्न सुझाव दिइएको छ।

प्रकाशित मिति : २०८३, १० भाद्र बिहीबार  ७ : ३१ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय