२०८३, १९ आश्विन मंगलबार

भोटेकोशी बाढीले बैंकिङ क्षेत्र पनि प्रभावित, एक दर्जन शाखामा क्षति

भोटेकोशी बाढीले बैंकिङ क्षेत्र पनि प्रभावित, एक दर्जन शाखामा क्षति


काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले टिमुरे, त्रिशूलीलगायतका क्षेत्रमा सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा समेत ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण केही शाखामा पूर्ण क्षति पुगेको छ भने केही कार्यालय आंशिक रूपमा प्रभावित भएका छन्।

प्रारम्भिक विवरणअनुसार टिमुरे बजारमा नबिल बैंक, ग्लोबल आईएमई बैंक, प्रभु बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक र सानिमा बैंकका शाखा बाढीबाट प्रभावित भएका छन्। यस्तै, रसुवा–नुवाकोट सीमाक्षेत्रमा रहेका हिमालयन बैंक र एनआईसी एशिया बैंकका शाखा समेत बाढीको चपेटामा परेका छन्। भोटेकोशीको बाढी त्रिशूली बजारसम्म पुगेपछि त्यहाँ रहेका ज्योति विकास बैंक, एनआईसी एशिया बैंक र कृषि विकास बैंकका शाखा पनि प्रभावित भएका छन्।

बाढीको तीव्र बहावले बैंकका कार्यालय, उपकरण तथा अन्य भौतिक संरचनामा क्षति पुर्‍याएपछि प्रभावित क्षेत्रमा बैंकिङ सेवा अवरुद्ध वा प्रभावित हुने अवस्था सिर्जना भएको छ।

बाढीका कारण कुन बैंकको शाखामा कति क्षति भयो भन्ने विस्तृत विवरण भने अझै यकिन भइसकेको छैन। सम्बन्धित बैंकहरूले आफ्ना शाखा तथा कर्मचारीको अवस्थाबारे जानकारी संकलन गरिरहेका छन्।

प्राकृतिक विपद्का कारण बैंकिङ पूर्वाधारमै ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रमा नगद कारोबार, एटीएम, डिजिटल बैंकिङ तथा अन्य वित्तीय सेवा सञ्चालनमा समेत चुनौती थपिएको छ।

प्रकाशित मिति : २०८३, ९ भाद्र बुधबार  ९ : ३९ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि