२०८३, १९ आश्विन मंगलबार

बाढीपहिरोका कारण कांग्रेसको महिला उद्यमशीलता सम्मेलन स्थगित

बाढीपहिरोका कारण कांग्रेसको महिला उद्यमशीलता सम्मेलन स्थगित


काठमाडौं । देशका विभिन्न स्थानमा बाढी तथा प्रतिकूल मौसमका कारण नेपाली कांग्रेसले भोलि आयोजना गर्ने भनिएको ‘महिला उद्यमशीलता सम्मेलन २०८३’ स्थगित गरेको छ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले भदौ ११ गते आयोजना गर्ने तय गरेको सम्मेलन देशभरको विपद् र असहज परिस्थितिलाई मध्यनजर गर्दै अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ।

प्रतिष्ठानका अनुसार हालको अवस्थामा कार्यक्रम सञ्चालन गर्नु उपयुक्त नभएकाले सम्मेलन स्थगित गरिएको हो।

सम्मेलनमा सहभागी हुने महिला उद्यमी, वक्ता, अतिथि, प्रतिनिधि तथा सहयोगी संस्थालाई पर्न गएको असुविधाप्रति प्रतिष्ठानले क्षमायाचना गरेको छ। सम्मेलनको नयाँ मिति र कार्यक्रमसम्बन्धी जानकारी पछि सार्वजनिक गरिने जनाइएको छ।

प्रकाशित मिति : २०८३, ९ भाद्र बुधबार  ६ : ०४ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि