२०८३, ९ भाद्र बुधबार

रसुवा बाढी प्रभावितलाई डब्ल्युएचओको स्वास्थ्य सामग्री सहयोग, १ हजार जनाका लागि औषधि पठाइँदै

रसुवा बाढी प्रभावितलाई डब्ल्युएचओको स्वास्थ्य सामग्री सहयोग, १ हजार जनाका लागि औषधि पठाइँदै


काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि आवश्यक स्वास्थ्य सामग्री र औषधि उपलब्ध गराउने भएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँगको छलफलपछि डब्ल्युएचओले करिब एक हजार जनालाई पुग्ने आधारभूत औषधि तथा आवश्यक स्वास्थ्य उपकरण प्रभावित क्षेत्रमा पठाउन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यसैगरी, प्रभावितको अस्थायी व्यवस्थापनका लागि २४ वर्गमिटर क्षेत्रफलका १५ वटा आपत्कालीन टेन्टसमेत पठाइने भएको छ।

मन्त्रालयका अनुसार बाढी प्रभावित तथा घाइतेको उपचारका लागि काठमाडौंस्थित वीर अस्पताल र ट्रमा सेन्टरमा १०० वटा आपत्कालीन शय्या छुट्याइएको छ। बाढीबाट घाइते भएका तीन जनालाई उद्धार गरी काठमाडौं ल्याइसकिएको मन्त्रालयले जनाएको छ।

आपत्कालीन स्वास्थ्य सेवा प्रभावकारी बनाउन काठमाडौंका संघीय अस्पताल, रक्तसञ्चार केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस, लायन्स तथा नेपाल स्काउटसँग समेत समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै स्वास्थ्य सेवा र राहत व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेर काम भइरहेको जनाइएको छ।

प्रकाशित मिति : २०८३, ९ भाद्र बुधबार  ४ : ५५ बजे

रसुवा बाढी : नेपाली सेना र निजी क्षेत्रले गर्यो ११४ जनाको हवाई उद्धार 

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै

रसुवा बाढी व्यवस्थापनका लागि कांग्रेसले बनायो समन्वय समिति

काठमाडौं । नेपाली कांग्रेसले रसुवामा आएको भीषण बाढीपछि उद्धार, राहत

बाढीपहिरोका कारण कांग्रेसको महिला उद्यमशीलता सम्मेलन स्थगित

काठमाडौं । देशका विभिन्न स्थानमा बाढी तथा प्रतिकूल मौसमका कारण

रसुवा बाढी प्रभावितलाई डब्ल्युएचओको स्वास्थ्य सामग्री सहयोग, १ हजार जनाका लागि औषधि पठाइँदै

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आएको

बाढीको जोखिमले काठमाडौंबाट धादिङ, रसुवा र चितवन जाने गाडि काठमाडौंमै रोकिए

काठमाडौं । चीनतर्फबाट आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ