२०८३, १८ आश्विन सोमबार

रसुवामा बाढीबाट मानवीय क्षति पुष्टि, यकिन विवरण आउन बाँकी

रसुवामा बाढीबाट मानवीय क्षति पुष्टि, यकिन विवरण आउन बाँकी


काठमाडौं । रसुवामा आएको बाढीबाट मानवीय क्षति भएको पुष्टि भएको छ। तर बाढीमा कति जनाले ज्यान गुमाए वा कति जना प्रभावित भए भन्ने यकिन विवरण भने अझै प्राप्त हुन सकेको छैन।

गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चेका वडाध्यक्ष दावा सिदार वाइवाले बाढीबाट ठूलो क्षति भएको र मानवीय क्षतिसमेत भएको पुष्टि गरेका हुन्।

नेपाल न्यूज बैंकसँग कुरा गर्दै वडाध्यक्ष वाइवाले प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहे पनि तत्काल क्षतिको विस्तृत विवरण संकलन गर्न कठिन भइरहेको बताए।

बाढीका कारण सडक तथा पुलहरू बगाएपछि प्रभावित क्षेत्रमा स्थलमार्गबाट पुग्न कठिनाइ भएको छ। उद्धारका लागि हेलिकोप्टर परिचालन गरिएको र त्यसैमार्फत प्रभावित तथा जोखिममा रहेकाहरूको उद्धार प्रयास भइरहेको वडाध्यक्ष वाइवाले जानकारी दिए।

उनका अनुसार बाढीले धेरै संरचना बगाएको छ भने घटनास्थलसम्म पुग्ने बाटोसमेत अवरुद्ध भएको छ। ‘रेस्क्यु गरिराख्या छ, हेलिकोप्टरबाट। त्यहाँ जाने सम्भावना छैन, भएको पुल सबै बगिसक्यो,’ वडाध्यक्ष वाइवाले भने।उद्धार तथा खोजी कार्य अघि बढ्दै जाँदा मात्रै बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको वास्तविक विवरण खुल्ने उनले बताए।

प्रकाशित मिति : २०८३, ९ भाद्र बुधबार  २ : २१ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय