२०८३, १८ आश्विन सोमबार

त्रिशूली आसपासका बस्ती खाली गर्न बाढी पूर्वानुमान महाशाखाको आग्रह

त्रिशूली आसपासका बस्ती खाली गर्न बाढी पूर्वानुमान महाशाखाको आग्रह


धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्रिशूली नदी हुँदै धादिङको मलेखु बजार आसपास पुगेपछि बाढी पूर्वानुमान महाशाखाले त्रिशूली नदी आसपासका बस्ती तथा बजार क्षेत्र खाली गर्न आग्रह गरेको छ।

भोटेकोशीको बाढी त्रिशूली नदी हुँदै तीव्र गतिमा तलतर्फ आइरहेको भन्दै महाशाखाले पृथ्वी राजमार्ग, मुग्लिन, नारायणगढलगायत त्रिशूली नदी आसपासका बस्ती तथा बजार क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो। महाशाखाका अनुसार बाढी अबको करिब आधा घण्टामा मुग्लिन क्षेत्र पार गर्ने क्रममा रहेकाले नदी किनार तथा तल्लो तटीय क्षेत्रमा जोखिम थप बढ्न सक्नेछ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी आसपासका बस्ती तथा बजार क्षेत्र खाली गरी सुरक्षित स्थानमा जान महाशाखाले आग्रह गरेको छ। महाशाखाले त्रिशूली नदीको बहाव बढिरहेकाले नदी किनार र तल्लो तटीय क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन, जोखिमपूर्ण स्थानमा नबस्न र तत्काल सुरक्षित स्थानमा जान अनुरोध गरेको छ।

बाढीको सम्भावित जोखिमबाट जोगिन स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्नसमेत महाशाखाले आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३, ९ भाद्र बुधबार  १२ : ३३ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय