काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठक केहीबेरमा सुरु हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ।
तिब्बततर्फबाट आएको बाढीका कारण रसुवा, नुवाकोटलगायतका क्षेत्रमा ठूलो क्षति भएपछि त्यसको अवस्था, उद्धार तथा राहतका विषयमा आवश्यक निर्णय लिन प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।
बाढीबाट प्रभावित क्षेत्रमा सुरक्षा निकाय परिचालन गरी उद्धार तथा राहतका काम भइरहेको छ। जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा प्रभावित क्षेत्रमा आवश्यक जनशक्ति, स्वास्थ्य सेवा र राहत सामग्री पुर्याउने विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।
बाढीबाट भएको क्षति तथा तत्काल आवश्यक पर्ने थप उद्धार र राहतसम्बन्धी कदमबारे मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने अपेक्षा गरिएको छ।







प्रतिक्रिया