२०८३, १० कार्तिक मंगलबार

रसुवामा बाढीपछि प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

रसुवामा बाढीपछि प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठक केहीबेरमा सुरु हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

तिब्बततर्फबाट आएको बाढीका कारण रसुवा, नुवाकोटलगायतका क्षेत्रमा ठूलो क्षति भएपछि त्यसको अवस्था, उद्धार तथा राहतका विषयमा आवश्यक निर्णय लिन प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

बाढीबाट प्रभावित क्षेत्रमा सुरक्षा निकाय परिचालन गरी उद्धार तथा राहतका काम भइरहेको छ। जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा प्रभावित क्षेत्रमा आवश्यक जनशक्ति, स्वास्थ्य सेवा र राहत सामग्री पुर्‍याउने विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।

बाढीबाट भएको क्षति तथा तत्काल आवश्यक पर्ने थप उद्धार र राहतसम्बन्धी कदमबारे मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३, ९ भाद्र बुधबार  १२ : २९ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना