२०८३, ९ कार्तिक सोमबार

रसुवाको भोटेकोशीमा एक्कासि ठूलो बाढी, पाँच जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता

रसुवाको भोटेकोशीमा एक्कासि ठूलो बाढी, पाँच जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता


काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि ठूलो बाढी आएको छ। तिब्बततर्फबाट आएको बाढीका कारण नदीको बहाव बढेपछि आसपासका बस्तीमा त्रास फैलिएको छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बिहान करिब सवा ९ बजे तिब्बततर्फबाट ठूलो बाढी आएको सूचना प्राप्त भएको हो। उनका अनुसार बाढीबाट भएको क्षतिको विवरण भने अहिलेसम्म यकिन हुन सकेको छैन। प्रशासनले सम्भावित क्षतिको विवरण संकलन तथा अवस्थाबारे जानकारी लिने काम गरिरहेको छ।

‘बिहान करिब सवा ९ बजेतिर तिब्बततर्फबाट ठूलो बाढी आएको जानकारी पाएको छु। के–कति क्षति भएको छ भन्ने अहिले नै यकिन भन्न सक्ने अवस्था छैन,’ प्रमुख जिल्ला अधिकारी परियारले भने। भोटेकोशीमा बाढीको बहाव बढेपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन हुँदै बग्ने नदी तथा खोलाका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

प्रशासनले नदीको बहाव थप बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै नदी किनारमा नजान, सुरक्षित स्थानमा रहन तथा स्थानीय प्रशासनले जारी गर्ने सूचनालाई ध्यानपूर्वक पालना गर्न आग्रह गरेको छ। बाढीको कारण तथा क्षतिको विस्तृत विवरण भने थप प्राप्त हुन बाँकी छ।

प्रकाशित मिति : २०८३, ९ भाद्र बुधबार  १० : ०१ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि