२०८३, ९ भाद्र बुधबार

आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी-पहिरोको जोखिममा सतर्क रहन आग्रह

आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी-पहिरोको जोखिममा सतर्क रहन आग्रह


काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि अधिकांश भूभागमा बदलीसँगै वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुनसक्ने देखिएको छ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ। देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लागेको छ भने कोशी र सुदूरपश्चिमका तराई क्षेत्रमा समेत बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली भूभागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका केही पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। तराईका विभिन्न भूभागमा समेत मेघगर्जन र चट्याङसहित वर्षा हुनसक्ने पूर्वानुमान छ।कोशी र बागमतीका हिमाली तथा पहाडी भूभाग तथा गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

आज रातिसमेत देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। राति पनि कोशी प्रदेशका हिमाली तथा पहाडी भूभाग र बागमती, गण्डकी तथा लुम्बिनीका केही क्षेत्रमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। वर्षाका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन, पर्वतारोहण तथा दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहनसमेत आग्रह गरिएको छ।

प्रकाशित मिति : २०८३, ९ भाद्र बुधबार  ७ : ५४ बजे

आजको विदेशी मुद्राको विनिमयदर : डलर १५२.३७, पाउन्ड २०८.६७ र युरो १७८.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

संसदमा आज बालेनको परीक्षा : सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाह

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक प्रधानमन्त्री बालेन्द्र शाहका लागि महत्वपूर्ण

आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी-पहिरोको जोखिममा सतर्क रहन आग्रह

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि

कांग्रेसको बहिष्कारबीच थापाले जोगाए बागमतीको सत्ता, राप्रपाका ७ सांसद निर्णायक

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन