२०८३, २८ भाद्र सोमबार

गगनले भेट्न खोजे देउवा, तर अझै खुलेन संवादको ढोका

गगनले भेट्न खोजे देउवा, तर अझै खुलेन संवादको ढोका


काठमाडौं । नेपाली कांग्रेसभित्र चर्किएको विवाद मिलाउन सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवासँग संवादको पहल गरेका छन्। थापाले देउवालाई भेट्न समय मागे पनि देउवा पक्षबाट भने अहिलेसम्म कुनै जवाफ नआएको कांग्रेस महामन्त्री प्रदीप पौडेलले बताएका छन्।

थापाले देउवाका स्वकीय सचिव भानु देउवालाई फोन गरेर भेटको समय मिलाइदिन आग्रह गरेका हुन्। हङकङबाट देउवा नेपाल फर्किएको करिब दुई साता पुग्न लाग्दा पनि दुवै नेताबीच प्रत्यक्ष भेटवार्ता हुन सकेको छैन। महामन्त्री पौडेलका अनुसार पार्टीभित्रको विवाद समाधान गर्ने उद्देश्यले थापाले भेटका लागि पहल गरेका हुन्।

‘उहाँले सार्वजनिक रूपमै पनि भनिसक्नुभएको छ। सचिवालयलाई फोन गरेर भेटको व्यवस्था मिलाइदिन आग्रह गर्नुभएको हो। उताबाटै कुनै खबर आएको छैन,’ पौडेलले भने।

विशेष महाधिवेशनपछि कांग्रेसको नेतृत्व र वैधानिकतालाई लिएर थापा र देउवा पक्षबीच दूरी बढेको छ। देउवा विशेष महाधिवेशनबाट आएको नयाँ नेतृत्वप्रति असन्तुष्ट देखिँदै आएका छन् भने थापा पक्षले पार्टीलाई विवादबाट बाहिर निकाल्न संवाद र संस्थागत प्रक्रियामा जोड दिँदै आएको छ। देउवा भने हङकङबाट फर्किएपछि चुनदेवीस्थित निवासमा आफू निकट नेताहरूसँग नियमित छलफलमा छन्। तर, नयाँ नेतृत्वसँग औपचारिक संवाद गर्न भने तत्काल इच्छुक नरहेको देउवानिकट नेताहरूको भनाइ छ। कांग्रेसभित्रको विवाद अहिले अदालतसम्म पुगेको छ। थापा पक्षले अघि सारेको महाधिवेशनको कार्यतालिका र पार्टीको आधिकारिकतासम्बन्धी विषयलाई लिएर देउवा पक्षले कानुनी बाटो रोजेको छ।

यही कारण देउवा पक्ष सर्वोच्च अदालतबाट विवादको टुंगो नलागेसम्म नयाँ नेतृत्वसँग निर्णायक संवाद नगर्ने मनस्थितिमा रहेको नेताहरू बताउँछन्। यसअघि पार्टी बैठकबाटै देउवाको स्वास्थ्य लाभको कामना गरिएको महामन्त्री पौडेलले जानकारी दिए। तर, व्यक्तिगत भेटघाटका लागि गरिएको पछिल्लो पहलले पनि तत्काल निकास नपाएपछि कांग्रेसभित्रको शक्ति संघर्ष र संवादहीनता कायमै रहने संकेत देखिएको छ।

अब थापाको भेट प्रस्तावमा देउवाले कहिले जवाफ दिन्छन् र त्यसपछि दुई पक्षबीच संवादको वातावरण बन्छ कि विवाद थप कानुनी तथा राजनीतिक संघर्षतर्फ जान्छ भन्ने विषय कांग्रेसभित्र चासोको विषय बनेको छ।

प्रकाशित मिति : २०८३, ७ भाद्र सोमबार  १२ : ३३ बजे

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक

अन्तर्राष्ट्रिय केम्पो कपमा नेपालको शानदार प्रदर्शन

रोशन कुमार यादवको उत्कृष्ट प्रदर्शन, दुई स्वर्णसहित नेपाललाई ७ पदक

२०२८ मा जेडी भान्सलाई समर्थन गर्नेबारे ट्रम्पः ‘अहिले कुनै निर्णय भएको छैन’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२८ को राष्ट्रपतीय

आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज

काठमाडौं । आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज अटल