२०८३, ९ कार्तिक सोमबार

रास्वपाभित्र सांसदको भूमिकामाथि बहस, रविले बोलाए मन्त्री र सांसद

रास्वपाभित्र सांसदको भूमिकामाथि बहस, रविले बोलाए मन्त्री र सांसद


काठमाडौं । संसद्मा पार्टीका सांसदको प्रस्तुति र सरकारसँगको सम्बन्धलाई लिएर प्रश्न उठ्न थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मन्त्री र सांसदलाई छलफलमा बोलाएका छन्।

रास्वपा संसदीय दलको कार्यालयमा बुधबार बिहान ११ बजे हुने छलफलमा पछिल्लो समय देखिएका गतिविधि, सरकार र सांसदबीचको समन्वय तथा संसद्मा सांसदको भूमिकाबारे समीक्षा हुने भएको छ।

पार्टीका एक नेताका अनुसार संसद्मा सांसदले प्रयोग गर्ने भाषा, व्यवहार र सार्वजनिक अभिव्यक्तिलाई लिएर समेत बैठकमा छलफल हुनेछ। संसदीय मर्यादा कायम राख्नुपर्ने विषयमा सांसदलाई नेतृत्वबाट आवश्यक निर्देशन दिने तयारी छ।

यसअघि मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद आशिका तामाङ र सभामुख डीपी अर्यालबीच भनाभनको अवस्था सिर्जना भएको थियो। परराष्ट्रमन्त्री शिशिर खनालको जवाफप्रति असन्तुष्ट तामाङले पुनः प्रश्न गर्न खोजेपछि सभामुख अर्यालले उनलाई संसदीय मर्यादा र गरिमाको ख्याल गर्न सचेत गराएका थिए।

सभामुखले बोल्न अनुमति नदिएपछि तामाङ संसद् बैठकबाट बाहिरिएकी थिइन्।

यही घटनासहित पछिल्ला गतिविधिलाई लिएर रास्वपा नेतृत्वले सांसदहरूबीच देखिएको असमझदारी र संसद्मा पार्टीको भूमिकाबारे छलफल गर्न लागेको हो।

बैठकमा मन्त्री र सांसदबीच समन्वय बढाउने तथा सरकारका कामकारबाही र संसद्मा पार्टीको प्रस्तुतिलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल हुने बताइएको छ।

प्रकाशित मिति : २०८३, २ भाद्र बुधबार  ८ : १० बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि