२०८३, २८ भाद्र सोमबार

रास्वपाभित्र सांसदको भूमिकामाथि बहस, रविले बोलाए मन्त्री र सांसद

रास्वपाभित्र सांसदको भूमिकामाथि बहस, रविले बोलाए मन्त्री र सांसद


काठमाडौं । संसद्मा पार्टीका सांसदको प्रस्तुति र सरकारसँगको सम्बन्धलाई लिएर प्रश्न उठ्न थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मन्त्री र सांसदलाई छलफलमा बोलाएका छन्।

रास्वपा संसदीय दलको कार्यालयमा बुधबार बिहान ११ बजे हुने छलफलमा पछिल्लो समय देखिएका गतिविधि, सरकार र सांसदबीचको समन्वय तथा संसद्मा सांसदको भूमिकाबारे समीक्षा हुने भएको छ।

पार्टीका एक नेताका अनुसार संसद्मा सांसदले प्रयोग गर्ने भाषा, व्यवहार र सार्वजनिक अभिव्यक्तिलाई लिएर समेत बैठकमा छलफल हुनेछ। संसदीय मर्यादा कायम राख्नुपर्ने विषयमा सांसदलाई नेतृत्वबाट आवश्यक निर्देशन दिने तयारी छ।

यसअघि मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद आशिका तामाङ र सभामुख डीपी अर्यालबीच भनाभनको अवस्था सिर्जना भएको थियो। परराष्ट्रमन्त्री शिशिर खनालको जवाफप्रति असन्तुष्ट तामाङले पुनः प्रश्न गर्न खोजेपछि सभामुख अर्यालले उनलाई संसदीय मर्यादा र गरिमाको ख्याल गर्न सचेत गराएका थिए।

सभामुखले बोल्न अनुमति नदिएपछि तामाङ संसद् बैठकबाट बाहिरिएकी थिइन्।

यही घटनासहित पछिल्ला गतिविधिलाई लिएर रास्वपा नेतृत्वले सांसदहरूबीच देखिएको असमझदारी र संसद्मा पार्टीको भूमिकाबारे छलफल गर्न लागेको हो।

बैठकमा मन्त्री र सांसदबीच समन्वय बढाउने तथा सरकारका कामकारबाही र संसद्मा पार्टीको प्रस्तुतिलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल हुने बताइएको छ।

प्रकाशित मिति : २०८३, २ भाद्र बुधबार  ८ : १० बजे

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक

अन्तर्राष्ट्रिय केम्पो कपमा नेपालको शानदार प्रदर्शन

रोशन कुमार यादवको उत्कृष्ट प्रदर्शन, दुई स्वर्णसहित नेपाललाई ७ पदक

२०२८ मा जेडी भान्सलाई समर्थन गर्नेबारे ट्रम्पः ‘अहिले कुनै निर्णय भएको छैन’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२८ को राष्ट्रपतीय

आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज

काठमाडौं । आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज अटल