२०८३, २८ भाद्र सोमबार

होर्मुजमा ट्रम्पको दाबी, इरानको कडा जवाफ

होर्मुजमा ट्रम्पको दाबी, इरानको कडा जवाफ


न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा अत्यन्तै महत्वपूर्ण होर्मुज जलडमरूमध्यलाई अमेरिकी क्षेत्रका रूपमा देखाइएको नक्सा सार्वजनिक गरेपछि अमेरिका–इरान तनाव थप चर्किएको छ।

ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमार्फत सार्वजनिक गरेको नक्सामा होर्मुज जलडमरूमध्यलाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा प्रस्तुत गरिएको छ। विश्वव्यापी तेल आपूर्तिको ठूलो हिस्सा ओसारपसार हुने यो जलमार्गमाथि ट्रम्पले पछिल्ला दिनमा अमेरिकी नियन्त्रणको धारणा सार्वजनिक रूपमा राख्दै आएका छन्।

अमेरिका र इजरायलले इरानमाथि सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले होर्मुज हुँदै पानीजहाजको आवागमन रोकेको बताइएको छ। युद्ध सुरु हुनुअघिसम्म भने यो जलमार्ग अन्तर्राष्ट्रिय आवागमनका लागि खुला थियो।

ट्रम्पको दाबीप्रति इरानले कडा प्रतिक्रिया जनाएको छ। इरानले होर्मुज जलडमरूमध्य इरानी नै रहने भन्दै अमेरिकी नियन्त्रणको कुनै पनि प्रयास स्वीकार्य नहुने संकेत गरेको छ।

जलमार्ग पुनः खोल्न इरानले अमेरिकाले लगाएको नाकाबन्दी र तेल प्रतिबन्ध हटाउनुपर्ने, रोक्का गरिएको इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने तथा युद्धबाट भएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने माग अघि सारेको छ।

ट्रम्पले यसअघि पनि क्यानडालाई अमेरिकी राज्य बनाउने तथा ग्रीनल्यान्ड र गाजा पट्टीमाथि नियन्त्रण कायम गर्ने जस्ता विवादास्पद धारणा सार्वजनिक गर्दै आएका छन्। उनका यस्ता अभिव्यक्तिले अन्तर्राष्ट्रिय राजनीतिमा निरन्तर बहस सिर्जना गर्दै आएका छन्।

– एजेन्सी

प्रकाशित मिति : २०८३, २ भाद्र बुधबार  ७ : ३१ बजे

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक

अन्तर्राष्ट्रिय केम्पो कपमा नेपालको शानदार प्रदर्शन

रोशन कुमार यादवको उत्कृष्ट प्रदर्शन, दुई स्वर्णसहित नेपाललाई ७ पदक

२०२८ मा जेडी भान्सलाई समर्थन गर्नेबारे ट्रम्पः ‘अहिले कुनै निर्णय भएको छैन’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२८ को राष्ट्रपतीय

आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज

काठमाडौं । आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज अटल