२०८३, १ भाद्र मंगलबार

तीन दिनदेखि हराइरहेकी तीन वर्षीया बालिका छिमेकीको घरमा मृत फेला

तीन दिनदेखि हराइरहेकी तीन वर्षीया बालिका छिमेकीको घरमा मृत फेला


बारा । जितपुरसिमरा उपमहानगरपालिकामा तीन दिनदेखि बेपत्ता रहेकी तीन वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्।

जितपुरसिमरा उपमहानगरपालिका–१ की गरीमा चौधरी साउन ३१ गते बिहान करिब ८ बजे आफ्नै घरबाट हराएकी थिइन्। परिवारले खोजी गरिरहे पनि उनको अवस्था पत्ता लाग्न सकेको थिएन।

आइतबार साँझ बालिकाको घरभन्दा करिब ५० मिटर टाढा रहेको छिमेकीको घरभित्र शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

शव फेला परेको समयमा उक्त घरमा कोही पनि नरहेको प्रहरीले जनाएको छ। घटनाबारे जानकारी पाएलगत्तै तालिमप्राप्त कुकुरसहित प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको छ।

प्रहरीले बालिकाको हत्या गरी शव लुकाइएको हुन सक्ने आशंका गरेको छ। घटनाको वास्तविक कारण र संलग्न व्यक्तिबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता निलप्रसाद घलेले जानकारी दिए।

प्रकाशित मिति : २०८३, १ भाद्र मंगलबार  ९ : १८ बजे

तीन दिनदेखि हराइरहेकी तीन वर्षीया बालिका छिमेकीको घरमा मृत फेला

बारा । जितपुरसिमरा उपमहानगरपालिकामा तीन दिनदेखि बेपत्ता रहेकी तीन वर्षीया

कांग्रेस महाधिवेशनको नयाँ तालिका सार्वजनिक, भदौ २४ बाट अधिवेशन सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तल्ला तहका अधिवेशनको संशोधित

बागमतीमा एमालेको नयाँ समीकरण, थपलिया दलनेता नै रहने–किरण थापा मुख्यमन्त्री

हेटौँडा । नेकपा एमालेले बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तनको बाटो

स्मार्ट टेलिकम प्रकरणमा मुद्दा परे पनि बैंकका सीईओ-सञ्चालक पदमै रहने

काठमाडौं । स्मार्ट टेलिकमको धितो बिक्री प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा

रेडक्रसको जग्गा खरिदमा १ करोड ९३ लाखको खेल, पूर्वअध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद प्रकरणमा ठूलो आर्थिक