२०८३, ९ कार्तिक सोमबार

तीन दिनदेखि हराइरहेकी तीन वर्षीया बालिका छिमेकीको घरमा मृत फेला

तीन दिनदेखि हराइरहेकी तीन वर्षीया बालिका छिमेकीको घरमा मृत फेला


बारा । जितपुरसिमरा उपमहानगरपालिकामा तीन दिनदेखि बेपत्ता रहेकी तीन वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्।

जितपुरसिमरा उपमहानगरपालिका–१ की गरीमा चौधरी साउन ३१ गते बिहान करिब ८ बजे आफ्नै घरबाट हराएकी थिइन्। परिवारले खोजी गरिरहे पनि उनको अवस्था पत्ता लाग्न सकेको थिएन।

आइतबार साँझ बालिकाको घरभन्दा करिब ५० मिटर टाढा रहेको छिमेकीको घरभित्र शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

शव फेला परेको समयमा उक्त घरमा कोही पनि नरहेको प्रहरीले जनाएको छ। घटनाबारे जानकारी पाएलगत्तै तालिमप्राप्त कुकुरसहित प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको छ।

प्रहरीले बालिकाको हत्या गरी शव लुकाइएको हुन सक्ने आशंका गरेको छ। घटनाको वास्तविक कारण र संलग्न व्यक्तिबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता निलप्रसाद घलेले जानकारी दिए।

प्रकाशित मिति : २०८३, १ भाद्र मंगलबार  ९ : १८ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि