२०८३, ९ कार्तिक सोमबार

कांग्रेस महाधिवेशनको नयाँ तालिका सार्वजनिक, भदौ २४ बाट अधिवेशन सुरु

कांग्रेस महाधिवेशनको नयाँ तालिका सार्वजनिक, भदौ २४ बाट अधिवेशन सुरु


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तल्ला तहका अधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले मंगलबार नयाँ कार्यतालिका प्रकाशन गरेको हो।

नयाँ तालिकाअनुसार गाउँ तथा नगर वडा अधिवेशन भदौ २४ गते हुनेछ। त्यसपछि गाउँ तथा नगर अधिवेशन भदौ २७ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन भदौ ३१ गते हुनेछ। प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज ३ गते, जिल्ला अधिवेशन असोज ७ गते र प्रदेश अधिवेशन असोज १० गते गर्ने तय भएको छ। कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म हुने कार्यतालिका यथावत् राखिएको छ। यसअघि केन्द्रीय समितिले तय गरेको महाधिवेशनको मूल मिति परिवर्तन नगरी निर्वाचन समितिले तल्ला तहका अधिवेशनको मिति मात्रै हेरफेर गरेको हो।

संशोधित कार्यतालिकासँगै कांग्रेसको महाधिवेशन प्रक्रिया वडा तहबाट सुरु भएर क्रमशः गाउँ–नगर, क्षेत्र, जिल्ला र प्रदेश हुँदै केन्द्रीय महाधिवेशनतर्फ अघि बढ्नेछ।

प्रकाशित मिति : २०८३, १ भाद्र मंगलबार  ८ : ३२ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि