२०८३, १९ आश्विन मंगलबार

कांग्रेस महाधिवेशनको नयाँ तालिका सार्वजनिक, भदौ २४ बाट अधिवेशन सुरु

कांग्रेस महाधिवेशनको नयाँ तालिका सार्वजनिक, भदौ २४ बाट अधिवेशन सुरु


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तल्ला तहका अधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले मंगलबार नयाँ कार्यतालिका प्रकाशन गरेको हो।

नयाँ तालिकाअनुसार गाउँ तथा नगर वडा अधिवेशन भदौ २४ गते हुनेछ। त्यसपछि गाउँ तथा नगर अधिवेशन भदौ २७ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन भदौ ३१ गते हुनेछ। प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज ३ गते, जिल्ला अधिवेशन असोज ७ गते र प्रदेश अधिवेशन असोज १० गते गर्ने तय भएको छ। कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म हुने कार्यतालिका यथावत् राखिएको छ। यसअघि केन्द्रीय समितिले तय गरेको महाधिवेशनको मूल मिति परिवर्तन नगरी निर्वाचन समितिले तल्ला तहका अधिवेशनको मिति मात्रै हेरफेर गरेको हो।

संशोधित कार्यतालिकासँगै कांग्रेसको महाधिवेशन प्रक्रिया वडा तहबाट सुरु भएर क्रमशः गाउँ–नगर, क्षेत्र, जिल्ला र प्रदेश हुँदै केन्द्रीय महाधिवेशनतर्फ अघि बढ्नेछ।

प्रकाशित मिति : २०८३, १ भाद्र मंगलबार  ८ : ३२ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि