२०८३, १० कार्तिक मंगलबार

विश्वासको मत लिनुअघि नै बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

विश्वासको मत लिनुअघि नै बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा


हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिएका छन्। सोमबार प्रदेशसभा बैठकमा विश्वासको मतको प्रस्ताव पेस गर्ने क्रममा सम्बोधन गर्दै उनले मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गरेका हुन्।

राजीनामा घोषणा गर्नुअघि बानियाँले आफ्नो एक वर्षे कार्यकालमा प्रदेश सरकारले गरेका प्रमुख काम तथा उपलब्धि २८ बुँदामा प्रस्तुत गरेका थिए। नेकपा एमालेले गत ६ साउनमा प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था बनेको थियो। सोहीअनुसार उनले सोमबार विश्वासको मत लिने तयारी गरेका थिए।

तर, विश्वासको मत लिने प्रक्रिया अघि बढाउँदै गर्दा उनले पदबाट राजीनामा घोषणा गरेका हुन्। बानियाँको राजीनामासँगै बागमती प्रदेशमा नयाँ सरकार गठनको बाटो खुलेको छ। अब प्रदेशमा नयाँ सत्ता समीकरण निर्माण गर्ने प्रक्रिया अघि बढ्नेछ।

प्रकाशित मिति : २०८३, ३१ श्रावण सोमबार  ३ : १९ बजे

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको