२०८३, ९ कार्तिक सोमबार

खानिखोला–स्याउरीथली दुर्घटनामा दुई जनाको मृत्यु, चार जना घाइते

खानिखोला–स्याउरीथली दुर्घटनामा दुई जनाको मृत्यु, चार जना घाइते


काभ्रे । काभ्रेको खानिखोला गाउँपालिका–४ स्याउरीथलीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

दुर्घटनामा खानिखोला गाउँपालिका–४ का कमल बहादुर माझी र खानिखोला–२ की अनिता मोक्तानको मृत्यु भएको हो। अनिता मोक्तानको माइतीघर बनेपा–साँगा रहेको जनाइएको छ। दुर्घटनामा रावल तामाङ (बनेपा–साँगा), प्रदीप जर्गामगर (खानीखोला–३), बौद्ध लामा (खानीखोला–५, डुम्रे) र धनपति रावल (सुकुटे, साँगाचोक) घाइते भएका छन्। घाइतेमध्ये धनपति रावलको अवस्था केही गम्भीर रहेको बताइएको छ।

दुर्घटनामा मृत्यु र घाइते भएकाहरूको विवरण खानीखोला गाउँपालिका–१ का वडाध्यक्ष सन्तमान थिङले पुष्टि गरेको स्रोतले जनाएको छ। दुर्घटनाको कारण र घटनाको थप विवरणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २०८३, ३१ श्रावण सोमबार  २ : ४२ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि