२०८३, २९ भाद्र मंगलबार

लुम्बिनीमा एमाले सरकारलाई जसपाको ‘ब्रेक’, समर्थन फिर्ता

लुम्बिनीमा एमाले सरकारलाई जसपाको ‘ब्रेक’, समर्थन फिर्ता


बुटवल । नेकपा एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई जनता समाजवादी पार्टी (जसपा) नेपालले दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री चेतनारायण आचार्य सरकारमाथि राजनीतिक दबाब बढेको छ।

जसपा नेपालका महासचिव डा. सुरेन्द्रकुमार झाले सोमबार प्रदेशसभा संसदीय दलका नेता सन्तोषकुमार पाण्डेयसहित सदस्यहरूलाई पत्र पठाउँदै आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन तत्कालै फिर्ता लिन निर्देशन दिएका हुन्।

जसपाले मुख्यमन्त्री आचार्यले प्रदेशसभाबाट लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्नसमेत आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ।

जसपाले समर्थन फिर्ता लिएसँगै लुम्बिनी प्रदेशको सत्ता समीकरण थप पेचिलो बनेको छ। यसअघि सरकारलाई समर्थन गरेका दलहरूबीचको समीकरणमा आएको परिवर्तनले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत जुटाउन चुनौती थपिएको छ।

जसपाको निर्णयले प्रदेश सरकारको स्थायित्वमाथि समेत प्रश्न उठाएको छ। अब मुख्यमन्त्री आचार्यले प्रदेशसभामा विश्वासको मत लिँदा कुन–कुन दलको साथ पाउँछन् भन्ने विषयले लुम्बिनीको आगामी राजनीतिक समीकरण निर्धारण गर्ने देखिएको छ।

जसपाले भने सरकारलाई दिएको समर्थन फिर्ता लिनुको कारणबारे विस्तृत राजनीतिक धारणा सार्वजनिक गरिसकेको छैन। तर, समर्थन फिर्ता र विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णयसँगै लुम्बिनी प्रदेशको सत्ता राजनीतिमा नयाँ तरंग पैदा भएको छ।

प्रकाशित मिति : २०८३, ३१ श्रावण सोमबार  १२ : २९ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक