२०८३, १८ आश्विन सोमबार

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु


कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–१ कट्टिपुरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत आज बिहान भएको दुर्घटनामा बर्दगोरिया गाउँपालिका–४ की ६२ वर्षीया सावित्रीदेवी सापकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ख ३६९५ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको लु.प्र.०१०१० प ००४५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी सापकोटालाई तत्काल दोदोधरा अस्पताल पुर्‍याइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरीले ट्रक र चालक पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१६ डण्डाका २६ वर्षीय दिनेश गिरीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३, ३१ श्रावण सोमबार  १२ : २१ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय