२०८३, ९ कार्तिक सोमबार

विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका दुई कर्मचारी विमानस्थलबाट नियन्त्रणमा

विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका दुई कर्मचारी विमानस्थलबाट नियन्त्रणमा


काठमाडौं । नेपाल वायुसेवा निगमका दुई कर्मचारीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित नियन्त्रणमा लिएको छ।

आइतबार काठमाडौं विमानस्थलबाट मलेसियाको राजधानी क्वालालम्पुर जान लागेका उनीहरूलाई प्रहरीले निर्धारित सीमाभन्दा बढी विदेशी मुद्रा बोकेको अवस्थामा नियन्त्रणमा लिएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी राजकुमार सिलवालले निगमका दुई कर्मचारी नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्।

प्रहरीका अनुसार यात्रुले ५ हजार अमेरिकी डलरसम्म विदेशी मुद्रा लैजान पाउने व्यवस्था रहे पनि उनीहरूसँग उक्त सीमाभन्दा बढी रकम भेटिएको थियो।

‘५ हजार डलरसम्म ल्याउन पाइने हो, लिमिटभन्दा बढी रकम देखिएकाले उहाँहरूलाई पक्राउ गरेका छौं,’ एसपी सिलवालले भने।

नियन्त्रणमा लिइएका दुवै कर्मचारीको परिचय प्रहरीले सार्वजनिक गरेको छैन। उनीहरूमाथि थप सोधपुछ तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गर्ने जनाएको छ।

प्रकाशित मिति : २०८३, ३१ श्रावण सोमबार  ११ : ५१ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि