२०८३, १९ आश्विन मंगलबार

कांग्रेसमा लफडा चर्कियो, देउवा पक्षलाई गगनले आज जवाफ दिने

कांग्रेसमा लफडा चर्कियो, देउवा पक्षलाई गगनले आज जवाफ दिने


काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किएको छ। पूर्वसभापति शेरबहादुर देउवा पक्षको तीनदिने भेलापछि सभापति गगन थापाले आज पार्टी केन्द्रीय समिति बैठकबाट जवाफ दिने भएका छन्।

सानेपामा करिब एक सातादेखि जारी केन्द्रीय समिति बैठकमा थापाले आज अपराह्न ४ बजे सम्बोधन गर्ने कार्यक्रम छ। देउवा पक्षको भेलामा सभापति थापाको नेतृत्व र पार्टी सञ्चालनबारे प्रश्न उठाइएपछि कांग्रेसभित्रको गुटगत विवाद फेरि सतहमा आएको हो। त्यसको जवाफ दिने संकेत थापाले यसअघि नै गरिसकेका थिए। आइतबार एक कार्यक्रममा बोल्दै थापाले पछिल्ला तीन दिनमा आफ्नो सबैभन्दा बढी आलोचना भएको बताएका थिए। उनले सानेपामै पत्रकार बोलाएर त्यसको जवाफ दिने बताएका थिए।

अब भने थापाले पार्टीको औपचारिक बैठकमै आफ्ना धारणा राख्ने भएका छन्। देउवा पक्षको दबाब र गगनको प्रतिउत्तरका कारण कांग्रेसको आन्तरिक विवाद थप पेचिलो बन्दै गएको छ। आजको बैठकमा सभापति थापाले के भन्छन् भन्नेमा कांग्रेस वृत्तको ध्यान केन्द्रित भएको छ।

प्रकाशित मिति : २०८३, ३१ श्रावण सोमबार  ११ : ४६ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि