२०८३, ३१ श्रावण सोमबार

लुम्बिनीमा आचार्यको शक्ति परीक्षण, बहुमतका लागि साना दलको साथ निर्णायक

लुम्बिनीमा आचार्यको शक्ति परीक्षण, बहुमतका लागि साना दलको साथ निर्णायक


बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य आज प्रदेशसभामा आफ्नो सरकारको भविष्य परीक्षण गर्दैछन्। नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका आचार्यले नयाँ सत्ता समीकरणका आधारमा विश्वासको मत लिन लागेका हुन्।

एमाले र नेकपाबीच बनेको नयाँ राजनीतिक समीकरणले आचार्यलाई मुख्यमन्त्रीमा निरन्तरता दिने निर्णय गरिसकेको छ। विश्वासको मतपछि मात्रै सरकार विस्तार र मन्त्रालय बाँडफाँटलाई अन्तिम रूप दिने तयारी छ।

हाल ८३ सदस्य कायम रहेको प्रदेशसभामा बहुमतका लागि ४२ मत आवश्यक पर्छ। एमालेका २९ र नेकपाका सभामुखसहित १३ सांसद छन्। सभामुखले मतदान नगर्ने भएकाले यी दुई दलको संख्याले मात्र सरकारलाई बहुमत पुग्दैन।

यही कारण आचार्यका लागि जनमोर्चा, लोसपा, जसपा तथा अन्य साना दलको समर्थन निर्णायक बनेको छ। नयाँ समीकरणअनुसार सरकारमा सहभागी हुने दलबीच मन्त्रालय बाँडफाँटको विषय भने अझै पूर्ण रूपमा टुंगिएको छैन।

विश्वासको मत पाएपछि आचार्यले नेकपा र अन्य साझेदार दललाई सरकारमा सहभागी गराउँदै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। त्यसैले आजको बैठक केवल विश्वासको मतको औपचारिकता नभई लुम्बिनीमा बनेको नयाँ सत्ता समीकरणको पहिलो शक्ति परीक्षणसमेत बनेको छ।

प्रकाशित मिति : २०८३, ३१ श्रावण सोमबार  ८ : ५८ बजे

मोरङ कारागारमा ‘रवि शैली’को सिको? छतमा चढेर कैदीबन्दीको शक्ति प्रदर्शन

विराटनगर । प्रहरीको नियमित खानतलासीलाई लिएर मोरङ कारागारका कैदीबन्दीले सोमबार

विकास बैंकमा नाफाको विस्फोट, आठ बैंकले थपे साढे ३ अर्ब

काठमाडौं । विकास बैंकहरूको नाफामा यसपटक सामान्य सुधार होइन, ठूलै

भारतीय प्रधानसेनापति सेठलाई आज नेपाली सेनाको मानार्थ महारथी दर्जा

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठलाई आज नेपाली

लाभांश क्षमतामा एभरेष्टको छुट्टै उचाइ, प्रतिफलको आशा बलियो

काठमाडौं । शेयर बजारमा साउन मसान्त केवल आर्थिक वर्ष सकिएको

लुम्बिनीमा आचार्यको शक्ति परीक्षण, बहुमतका लागि साना दलको साथ निर्णायक

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य आज प्रदेशसभामा आफ्नो