२०८३, १८ आश्विन सोमबार

वर्षाले देशभरका राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध

वर्षाले देशभरका राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध


काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा पहिरो, बाढी र सडक कटान हुँदा प्रमुख राजमार्ग तथा ग्रामीण सडकमा यातायात प्रभावित भएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार काभ्रेपलाञ्चोक, इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, सङ्खुवासभा, लमजुङ, मुस्ताङ, रोल्पा र चितवनका विभिन्न सडकखण्डमा यातायात अवरुद्ध भएको छ। काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा बाढीको जोखिमका कारण साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै सवारीसाधनको आवागमन रोकिएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने यातायात सञ्चालन हुने जनाइएको छ।

त्यस्तै, कान्ति लोकपथमा पनि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। इलामको राजदुवालीमा हिलोका कारण मेची राजमार्ग, सिन्धुपाल्चोकको लिपिङमा सडक भासिएपछि अरनिको राजमार्ग, रसुवाको खाल्टेमा सडक कटानपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक अवरुद्ध भएका छन्। रुकुम पश्चिममा भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक, सङ्खुवासभामा कोशी राजमार्गको खाँदबारी–किमाथाङ्का खण्ड, लमजुङमा बेँसीसहर–मनाङ सडक र मुस्ताङमा बेनी–जोमसोम सडकसमेत पहिरो तथा सडक भासिएका कारण प्रभावित भएका छन्। यसैगरी रोल्पाको भालुवाङ–लिवाङ सडक र चितवनको पृथ्वीराजमार्ग पनि पहिरोका कारण अवरुद्ध भएका छन्।

निरन्तर वर्षाका कारण पहिरो खस्ने, बाढीले सडक कटान गर्ने र सडक भासिने क्रम जारी रहेकाले प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा सम्भावित जोखिमप्रति उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३, ३० श्रावण आईतबार  ८ : ३३ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय