२०८३, २९ भाद्र मंगलबार

एमालेको रूपान्तरण बहसमा ओलीको कडा असन्तुष्टि, ‘हुल्याहाहरूको हुलदङ्गा’ भन्दै चेतावनी

एमालेको रूपान्तरण बहसमा ओलीको कडा असन्तुष्टि, ‘हुल्याहाहरूको हुलदङ्गा’ भन्दै चेतावनी


इलाम । नेकपा एमालेभित्र नेतृत्व र संगठन पुनर्गठनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट पक्षप्रति कडा आक्रोश व्यक्त गरेका छन्।

शनिबार फिक्कलमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघको बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीभित्र देखिएको गतिविधिलाई ‘केही हुल्याहाहरूले गरेको हुलदङ्गा’ भन्दै त्यसले पार्टीलाई कमजोर बनाउने बताए। ओलीले पार्टी कार्यालयमै बसेर नेतृत्व परिवर्तनको चर्चा गर्ने, हस्ताक्षर अभियान चलाउने तथा सामाजिक सञ्जालमार्फत पार्टीविरुद्ध अभिव्यक्ति दिने काम अनुशासनविपरीत भएको बताए। ‘पार्टीमा बस्ने हो भने नीति, नियम र अनुशासन मान्नैपर्छ,’ उनले भने, ‘सम्झाउँदा पनि नमान्नेलाई विधि र विधानअनुसार कारबाही गरिन्छ।’

पछिल्लो निर्वाचनमा एमालेको मत उल्लेख्य रूपमा घटेको विषय भने ओलीले गम्भीर रूपमा उठाए। २८ लाख मत आएको ठाउँमा १४ लाखमा झर्नु पार्टीका लागि समीक्षा गर्नुपर्ने विषय भएको उनको भनाइ थियो। ‘पार्टी सदस्य धेरै हुने तर भोट कम आउने अवस्थालाई सुधार्नुपर्छ,’ ओलीले भने।

आफूहरू कठिन परिस्थितिमा रहेको स्वीकार गर्दै ओलीले नेतृत्वबाट पछि हट्ने संकेत भने दिएनन्। महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीले आफ्नो जिम्मेवारी पूरा गर्ने उनको दाबी छ। पार्टीभित्रको असन्तुष्टि ठूलो विभाजनमा परिणत नहुने दाबी गर्दै ओलीले एमालेलाई अझ बलियो र एकताबद्ध बनाएर अघि बढ्ने बताए।

‘अप्ठ्यारो परिस्थिति भन्दै हामी भाग्ने होइनौँ,’ ओलीले भने, ‘यसको सामना गर्छौँ र पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउँछौँ।’ एमालेभित्र पछिल्लो समय नेतृत्वको समीक्षा, संगठन पुनर्गठन र पार्टी रूपान्तरणको माग उठिरहेका बेला ओलीको यो अभिव्यक्तिलाई आन्तरिक विवादप्रति नेतृत्वको कडा प्रतिवादका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८३, २९ श्रावण शनिबार  ११ : १५ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक