२०८३, १८ आश्विन सोमबार

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन


बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन

लन्डन । अत्यधिक गर्मी र खडेरीका कारण बेलायतमा डढेलोले भयावह रूप लिन थालेपछि सरकारले गोर्खा सैनिकसहित सेना परिचालन गरेको छ। आगलागी नियन्त्रणमा अग्निनियन्त्रकलाई सहयोग गर्न साउथ वेल्समा क्वीन्स ओन गोर्खा लजिस्टिक रेजिमेन्टका करिब १०० सैनिक खटिएका छन्।

गोर्खा सैनिकसँगै २२ रोयल इन्जिनियरका टोलीसमेत परिचालन गरिएको छ। सैनिकहरूले आगो फैलिन नदिन खाडल तथा फायरब्रेक बनाउने र प्रभावित क्षेत्रमा पानी पुर्‍याउने काम गरिरहेका छन्। बेलायतमा डढेलोको अवस्था यति गम्भीर बनेको छ कि सरकारले डिस्पोजेबल बारबेक्यूको बिक्रीमा अस्थायी प्रतिबन्ध लगाएको छ। प्रधानमन्त्री एन्डी बर्नह्यामले बेलायत अहिले ‘सानो झिल्काले पनि ठूलो आगो सल्किन सक्ने अवस्था’मा रहेको चेतावनी दिएका छन्।

देशभर करिब ३७ वटा डढेलोका घटना सक्रिय रहेको बताइएको छ। वेस्ट मिडल्यान्ड्सको स्टोरब्रिजमा फैलिएको आगोले १९ घर ध्वस्त पारेको छ भने अन्य घरमा समेत क्षति पुगेको छ। आगलागीमा केही अग्निनियन्त्रकसहित मानिसहरू घाइते भएका छन्। अत्यधिक गर्मी र सुख्खा मौसमका कारण डढेलो नियन्त्रणमा अग्निनियन्त्रकलाई ठूलो चुनौती परेको छ। यस वर्ष इङ्ग्ल्यान्ड र वेल्समा डढेलोको संख्या अघिल्लो वर्षको रेकर्डभन्दा माथि पुगिसकेको छ। डढेलोको जोखिम अत्यधिक बढेपछि इङ्ग्ल्यान्ड र वेल्सका लाखौँ नागरिकको मोबाइलमा सरकारले आपतकालीन चेतावनी पठाएको छ।

सर्वसाधारणलाई बारबेक्यू, फायरपिट, आतिशबाजी तथा खुला ठाउँमा आगो बाल्ने कुनै पनि गतिविधि नगर्न आग्रह गरिएको छ। खडेरीको असरबाट प्रभावित किसानलाई सहयोग गर्न बेलायत सरकारले ६ करोड ५० लाख पाउण्डको राहत प्याकेजसमेत घोषणा गरेको छ। यसबाट दिगो कृषि कार्यक्रम र खेतबारीमा पानी सञ्चय गर्ने पूर्वाधार निर्माणमा सहयोग गरिनेछ। अत्यधिक गर्मी, खडेरी र तीव्र गतिमा फैलिरहेका डढेलोका कारण बेलायत अहिले गम्भीर आपतकालीन अवस्थाबाट गुज्रिरहेको छ। यस्तो संकटमा आगो निभाउन बेलायती भूमिमा गोर्खा सैनिकको परिचालनले डढेलो नियन्त्रणमा उनीहरूको महत्वपूर्ण भूमिका फेरि उजागर गरेको छ।

प्रकाशित मिति : २०८३, २९ श्रावण शनिबार  ३ : ४३ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय