२०८३, १९ आश्विन मंगलबार

सुदूरपश्चिममा एमालेको सत्ता प्रवेश, चार सदस्यले सम्हाले जिम्मेवारी

सुदूरपश्चिममा एमालेको सत्ता प्रवेश, चार सदस्यले सम्हाले जिम्मेवारी


धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सरकारमा सहभागी भएको छ। एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएसँगै प्रदेश सरकारको नयाँ संरचनाले औपचारिकता पाएको हो।

प्रदेश प्रमुख नजिर मियाँले नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीलाई शपथ गराएका हुन्। एमाले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्। त्यस्तै, प्रमुख सचेतक चक्र मल्ल आर्थिक मामिलामन्त्री र दमन भण्डारी भूमि व्यवस्था तथा सहकारीमन्त्री बनेका छन्। एमालेबाटै जानकी ऐर बमले आर्थिक मामिला राज्यमन्त्रीको जिम्मेवारी सम्हालेकी छन्। एमालेले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाको नेतृत्वमा प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेपछि उनीहरूलाई सरकारमा पठाइएको हो।

यसअघि शुक्रबार नै नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता खगराज भट्ट सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। प्रदेश प्रमुख मियाँबाट उनले पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। तर, मुख्यमन्त्री भट्ट नेतृत्वको सरकारमा उनको दल नेपाली कम्युनिस्ट पार्टीबाट भने तत्काल मन्त्री नियुक्त गरिएको छैन। यससँगै एमालेको सहभागिताले प्रदेश सरकारको सत्ता समीकरणलाई नयाँ आकार दिएको छ।

यसअघि बजेटप्रति असहमति जनाउँदै एमालेले तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको थियो। त्यसपछि शाहले राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको थियो। अब नयाँ सरकारसामु सुदूरपश्चिमको विकास, सुशासन र जनअपेक्षा सम्बोधनसँगै मन्त्रालयगत समन्वय कायम गर्ने चुनौती देखिएको छ।

प्रकाशित मिति : २०८३, २८ श्रावण शुक्रबार  ४ : २९ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि