२०८३, १० कार्तिक मंगलबार

किशोर श्रेष्ठलाई बरामद सामानसहित भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश

किशोर श्रेष्ठलाई बरामद सामानसहित भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश


काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले बरामद गरेका सामानसहित भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको छ।

श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको इजलासले श्रेष्ठलाई अदालतमा उपस्थित गराउँदा उनको निवास तथा जनआस्था कार्यालयबाट प्रहरीले बरामद गरेका सामानसमेत पेश गर्न आदेश दिएको हो। श्रेष्ठलाई व्यक्तिगत गोपनीयतासम्बन्धी कसुरमा पक्राउ गरिएको हो। उनको पक्राउलाई लिएर प्रेस तथा पत्रकारसम्बद्ध संघसंस्थाले आपत्ति जनाउँदै आएका छन्। बन्दी प्रत्यक्षीकरण रिटको पक्षमा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई र रमेश बडालले बहस गरेका थिए।

अब भदौ १ गते श्रेष्ठसँगै प्रहरीले बरामद गरेका सामानसमेत अदालतमा पेश गरिने भएको छ।

प्रकाशित मिति : २०८३, २८ श्रावण शुक्रबार  ११ : १५ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि