२०८३, २९ भाद्र मंगलबार

किशोर श्रेष्ठलाई बरामद सामानसहित भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश

किशोर श्रेष्ठलाई बरामद सामानसहित भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश


काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले बरामद गरेका सामानसहित भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको छ।

श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको इजलासले श्रेष्ठलाई अदालतमा उपस्थित गराउँदा उनको निवास तथा जनआस्था कार्यालयबाट प्रहरीले बरामद गरेका सामानसमेत पेश गर्न आदेश दिएको हो। श्रेष्ठलाई व्यक्तिगत गोपनीयतासम्बन्धी कसुरमा पक्राउ गरिएको हो। उनको पक्राउलाई लिएर प्रेस तथा पत्रकारसम्बद्ध संघसंस्थाले आपत्ति जनाउँदै आएका छन्। बन्दी प्रत्यक्षीकरण रिटको पक्षमा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई र रमेश बडालले बहस गरेका थिए।

अब भदौ १ गते श्रेष्ठसँगै प्रहरीले बरामद गरेका सामानसमेत अदालतमा पेश गरिने भएको छ।

प्रकाशित मिति : २०८३, २८ श्रावण शुक्रबार  ११ : १५ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक