२०८३, ९ कार्तिक सोमबार

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा


काठमाडौं । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले श्रेष्ठलाई बिनाआधार र कारण पक्राउ गरी गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै थुनामुक्त गर्न मागसहित रिट दायर गरेकी हुन्। उक्त रिट सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको इजलासमा पेशीमा चढेको छ।

दीपिका सिंहको जाहेरीका आधारमा व्यक्तिगत गोपनीयतासम्बन्धी कसुरमा बुधबार राति पक्राउ परेका श्रेष्ठलाई हिजो अदालतले तीन दिनको म्याद थप गरेको थियो। श्रेष्ठको पक्राउसँगै पत्रकार तथा सञ्चारसम्बद्ध संघसंस्थाले घटनाप्रति आपत्ति जनाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न माग गरेका छन्।

प्रकाशित मिति : २०८३, २८ श्रावण शुक्रबार  १० : ३२ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि