२०८३, ९ कार्तिक सोमबार

बालबालिका र वयस्कलाई एउटै सुधारगृहमा नराख्न सुझा

बालबालिका र वयस्कलाई एउटै सुधारगृहमा नराख्न सुझा


काठमाडौं । संसदीय उपसमितिले १८ वर्षमुनिका बालबालिका र १८ वर्ष नाघेका वयस्कलाई एउटै सुधारगृहमा नराख्न सरकारलाई सुझाव दिएको छ।

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिअन्तर्गत गठित उपसमितिले उमेर, कसुरको प्रकृति, लैंगिक अवस्था र जोखिमका आधारमा बालबालिकालाई वर्गीकरण गरी छुट्टाछुट्टै राख्ने कानुनी व्यवस्था गर्न सिफारिस गरेको हो। उपसमितिले बाल सुधारगृह सञ्चालनका लागि कारागार ऐनभन्दा छुट्टै ‘बाल सुधारगृह (सञ्चालन तथा व्यवस्थापन) ऐन’ बनाउनसमेत सुझाव दिएको छ। सुधारगृहलाई दण्ड दिने स्थान नभई शिक्षा, सीप विकास, मनोसामाजिक परामर्श र सामाजिक पुनःएकीकरणको केन्द्रका रूपमा विकास गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

बालबालिका संलग्न मुद्दा लामो समय थाती रहँदा उनीहरू सुधारगृहमा बस्नुपर्ने अवस्था अन्त्य गर्न बाल अदालत वा बाल इजलासमार्फत मुद्दा छिटो टुंग्याउने व्यवस्था गर्नसमेत उपसमितिले सुझाएको छ।

प्रकाशित मिति : २०८३, २७ श्रावण बिहीबार  २ : २६ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि