२०८३, २७ भाद्र आईतबार

होल्डिङ सेन्टरमा ५७ वर्षीय पासवान झुण्डिएको अवस्थामा मृत फेला

होल्डिङ सेन्टरमा ५७ वर्षीय पासवान झुण्डिएको अवस्थामा मृत फेला


काठमाडौं । मध्यपुरथिमि नगरपालिका–स्थित बोडेको कृषि विकास बैंकको तालिम केन्द्रमा रहेको होल्डिङ सेन्टरमा एक व्यक्तिले आत्महत्या गरेका छन्।

किर्तिपुरबाट स्थानान्तरण गरिएका बारा, सुवर्ण गाउँपालिका–२ का ५७ वर्षीय हिरालाल पासवान कोठा नं. २०७ मा सिलिङ पंखाको फलामे हुकमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।

घटनापछि होल्डिङ सेन्टरको सुरक्षा तथा व्यवस्थापनमाथि प्रश्न उठेको छ। राज्यको निगरानीमा रहेको होल्डिङ सेन्टरमै व्यक्तिले आत्महत्या गर्नुपर्ने अवस्था आउनुले त्यहाँ रहेका व्यक्तिको सुरक्षा, व्यवस्थापन र मानव अधिकारको अवस्थाबारे गम्भीर प्रश्न खडा गरेको छ।

घटनाको निष्पक्ष छानबिन गरी आत्महत्याको कारण पत्ता लगाउनुपर्ने माग भइरहेको छ। साथै होल्डिङ सेन्टरको सुरक्षा व्यवस्थामा कमजोरी भएको भए सम्बन्धित जिम्मेवार व्यक्तिमाथि कारबाही गर्नुपर्ने आवाज उठेको छ। घटनाबारे सम्बन्धित निकायले आवश्यक अनुसन्धान अघि बढाउनुपर्ने देखिएको छ।

प्रकाशित मिति : २०८३, २७ श्रावण बिहीबार  १ : ४० बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।