२०८३, १० कार्तिक मंगलबार

होल्डिङ सेन्टरमा ५७ वर्षीय पासवान झुण्डिएको अवस्थामा मृत फेला

होल्डिङ सेन्टरमा ५७ वर्षीय पासवान झुण्डिएको अवस्थामा मृत फेला


काठमाडौं । मध्यपुरथिमि नगरपालिका–स्थित बोडेको कृषि विकास बैंकको तालिम केन्द्रमा रहेको होल्डिङ सेन्टरमा एक व्यक्तिले आत्महत्या गरेका छन्।

किर्तिपुरबाट स्थानान्तरण गरिएका बारा, सुवर्ण गाउँपालिका–२ का ५७ वर्षीय हिरालाल पासवान कोठा नं. २०७ मा सिलिङ पंखाको फलामे हुकमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।

घटनापछि होल्डिङ सेन्टरको सुरक्षा तथा व्यवस्थापनमाथि प्रश्न उठेको छ। राज्यको निगरानीमा रहेको होल्डिङ सेन्टरमै व्यक्तिले आत्महत्या गर्नुपर्ने अवस्था आउनुले त्यहाँ रहेका व्यक्तिको सुरक्षा, व्यवस्थापन र मानव अधिकारको अवस्थाबारे गम्भीर प्रश्न खडा गरेको छ।

घटनाको निष्पक्ष छानबिन गरी आत्महत्याको कारण पत्ता लगाउनुपर्ने माग भइरहेको छ। साथै होल्डिङ सेन्टरको सुरक्षा व्यवस्थामा कमजोरी भएको भए सम्बन्धित जिम्मेवार व्यक्तिमाथि कारबाही गर्नुपर्ने आवाज उठेको छ। घटनाबारे सम्बन्धित निकायले आवश्यक अनुसन्धान अघि बढाउनुपर्ने देखिएको छ।

प्रकाशित मिति : २०८३, २७ श्रावण बिहीबार  १ : ४० बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि