२०८३, २६ भाद्र शनिबार

पत्रकार डेकेन्द्रको शव पत्ता लगाउने निर्भीक पत्रकार याम शर्मा सम्मानित

पत्रकार डेकेन्द्रको शव पत्ता लगाउने निर्भीक पत्रकार याम शर्मा सम्मानित


दैलेख । द्वन्द्वकालमा हत्या गरिएका पत्रकार डेकेन्द्रराज थापाको शव उत्खनन गरी घटनासम्बन्धी तथ्य सार्वजनिक गर्न साहसिक भूमिका निर्वाह गरेका पत्रकार याम शर्मा सम्मानित भएका छन्।

नेपाल पत्रकार महासंघ दैलेख शाखाले स्वर्गीय पत्रकार डेकेन्द्रराज थापाको २२औँ स्मृति दिवसका अवसरमा पत्रकार शर्मालाई विशेष सम्मान गरेको हो। द्वन्द्वकालको जोखिमपूर्ण अवस्थामा डेकेन्द्रको शव उत्खननदेखि घटनाका तथ्य बाहिर ल्याउन उनले पुर्‍याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको महासंघले जनाएको छ।

शर्माले डेकेन्द्रको शव गाडिएको स्थान पहिचान तथा उत्खननको क्रममा प्रत्यक्ष रूपमा सक्रिय भएर घटनाको वास्तविकता बाहिर ल्याउन महत्वपूर्ण भूमिका खेलेका थिए। द्वन्द्वको त्रास कायम रहेको अवस्थामा हत्या गरिएका पत्रकारको शव खोजी र घटनाको तथ्य सार्वजनिक गर्नु आफैंमा जोखिमपूर्ण काम थियो।

त्यसै अवसरमा नेपाल पत्रकार महासंघ दैलेख शाखाले डेकेन्द्र स्मृति पत्रकारिता पुरस्कार–२०८३ पत्रकार पुरुषोत्तम थापा ‘पुष्कर’लाई प्रदान गरेको छ। नारायण नगरपालिका–२, दैलेख निवासी पत्रकार थापालाई पत्रकारितामार्फत पुर्‍याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको हो। पुरस्कारको राशि ५ हजार १ रुपैयाँ रहेको छ।

महासंघका अनुसार पत्रकार थापाले डेकेन्द्रराज थापाको हत्या घटनामा न्यायिक प्रक्रिया अघि बढाउन पत्रकारितामार्फत निरन्तर आवाज उठाउँदै आएका थिए। उनको सक्रियतासँगै डेकेन्द्रको शव उत्खनन र घटनाका दोषीमाथि कारबाहीको मागमा दबाब सिर्जना भएको थियो। त्यसपछि २०६९ माघमा प्रहरीले घटनामा संलग्न आरोपितहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।

महासंघ दैलेखले पत्रकारितामा योगदान पुर्‍याउने पत्रकारलाई सम्मान गर्ने उद्देश्यले डेकेन्द्र स्मृति पत्रकारिता पुरस्कार स्थापना गरेको जनाएको छ। पुरस्कारले पत्रकारलाई आफ्नो पेशाप्रति थप जिम्मेवार र निर्भीक भएर काम गर्न प्रेरणा दिने महासंघको विश्वास छ।

डेकेन्द्रराज थापा २०६१ साउन २७ गते माओवादी कार्यकर्ताको नियन्त्रणमा परेपछि हत्या भएका थिए। उनलाई नेरा निमाविको कक्षाकोठामा हत्या गरिएको थियो। हत्या गरेको लामो समयपछि जंगलमा गाडिएको अवस्थामा उनको शव फेला परेको थियो। डेकेन्द्रको हत्या भएको करिब आठ वर्षपछि प्रहरीले घटनामा संलग्न पाँच जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।

डेकेन्द्रको हत्या र त्यसपछि न्यायका लागि भएको संघर्ष नेपाली पत्रकारिताको इतिहासमा पत्रकार सुरक्षासँगै सत्यको खोजी र न्यायका लागि पत्रकारले निर्वाह गर्नुपर्ने भूमिकाको एउटा महत्वपूर्ण अध्यायका रूपमा स्मरण गरिँदै आएको छ।

प्रकाशित मिति : २०८३, २७ श्रावण बिहीबार  ९ : ०८ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।